काठमाडौं । तीन वर्षअघि अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।
२०७७ जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विक मल्ल थरकी युवती सुष्मासँग विवाह गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुग्दा गाउँलेले लेखेटर विकसहित ६ जनाको हत्या गरेका थिए । यस घटनामा १२ जना घाइते भएका थिए ।
सोही घटनासँग सम्बन्धित मुद्दामा आजदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको हो । आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ ।
अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनामा संलग्न भएको आरोपमा सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दायर भएको थियो । घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् भने ११ जना भने तारेखमा छाडिएको थियो ।