बाँके । धार्मिक सामाजिक एकता मन्च बाँकेले भारत र बंगलादेशका अल्पसंख्यक समुदायमाथि भैरहेको अत्याचार र विभेदक निन्दा गरेको छ । मन्चले आइतवार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधान मन्त्रीलाई ज्ञापनपत्र पठाउँदै भारत र बंगलादेशमा भईरहेको अत्याचारलाई रोक्न कुटनितिक रुपमा पहल गर्न माग गरेको गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई आइतवार बुझाईएको ज्ञापन पत्रमा विभिन्न देशमा भैरहेको अल्पसंख्यक माथिको अत्याचार विभेदको भत्र्सना गर्दै भारतको त्रिपुरा राज्य लगायतका ठाउहरूमा जाति धर्मको नामबाट मुस्लिम र दलीत लगायत अल्पसंख्यक समुदायमाथि भै रहेको आक्रमणलाई आतंकवादी हमलाको संज्ञा दिंदै निन्दा गरेको छ।
ज्ञापनपत्रमा भनिएको छ – "त्यस्ता दुष्ट आतंकवादी मानसिकताको हामी नेपाली कडा भर्त्सना गर्दछौ । यस्ता मानवता विरोधी दूषित मानसिकताका आतंकवादी संघ संगठनहरूलाई कडा सजाय दिलाउन पहलको लागि नेपाल सरकारसंग अपील गर्दछौं ।"
सो ज्ञापन पत्र बुझाउन धार्मिक सामाजिक एकता मन्च नेपालका हिन्दु समुदायको तर्फका संयोजक दिपक लोध राजपुत र मुस्लिम समुदायको तर्फबाट संयोजक मेराज अहमद हिमालय लगायतको सहभागिता रहेको थियो ।