मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

सामाजिक मुद्दामा केन्द्रित भएर जनमत बाँकेले शनिबार अन्तरक्रिया गर्ने

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
वर्तमान सरकारले समस्या समाधान गर्न छोडेर चुनाबी लालिपप बाड्ने काम गरिरहेकोले उक्त कार्यको विरोध गर्दै आम नागरिकको समस्या समाधानका लागि जनमतले भुमिका निर्वाह गर्ने गरी काम गर्ने केन्द्रीय सदस्य शेषले बताए ।
१ भाद्र २०७९, बुधवार

बाँके । मधेशका आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा देखिएका बेथितिलाई उजागर गर्दै आएको जनमत पार्टी बाँकेले शनिबार नेपालगञ्जमा बृहत अन्तरक्रिया गर्ने भएको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य इरफान शेषको प्रमुख अतिथिमा हुने कार्यक्रममा नागरिकता, नरैनापुरमा भएको सुख्खा क्षेत्र घोषणा, भुमिहिनको समस्या, अटो रिक्सा, व्यापारीको समस्या लगायतका बिषयमा केन्द्रित भएर अन्तरक्रियामा छलफल हुने जनमत बाँकेले जनाएको छ ।

वर्तमान सरकारले समस्या समाधान गर्न छोडेर चुनाबी लालिपप बाड्ने काम गरिरहेकोले उक्त कार्यको विरोध गर्दै आम नागरिकको समस्या समाधानका लागि जनमतले भुमिका निर्वाह गर्ने गरी काम गर्ने केन्द्रीय सदस्य शेषले बताए ।

जनमत पार्टीले मधेशका राजनीतिक मुद्दाभन्दा पनि सामाजिक मुद्दालाई उठाएको छ । अन्य मधेश केन्द्रित दलले भने राजनीतिक मुद्दामा नै जोड दिंदै आएका छन्। जनमत पार्टीले स्थानीय मुद्दालाई उठाएकाले जनताले रुचाएको राजनितिक जानकारहरुको तर्क छ ।

जनमत पार्टीले आफ्नो विचार जनतासम्म पुर्‍याउने अवसरका रूपमा लिएको केन्द्रीय सदस्य शेषको भनाइ छ। शेषले शनिबार जिल्ला समन्वय समिति बाँकेको हलमा हुने बृहत अन्तरक्रियामा सहभागी हुन आम जनसमुदायलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार