मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नेपालगञ्जमा १०० दिनको न्यूनतम रोजगारी कार्यक्रम सञ्चालन

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा सूचीकृत बेरोजगार व्यक्तिहरूलाई लक्षित गरी १०० दिनको न्यूनतम रोजगारी कार्यक्रम सञ्चालन गरिएको छ । हाल नेपालगञ्जको वडा नम्बर १९, २०, २१, र २३ मा ५६ महिला र १२ पुरुष गरी कुल ६८ जना श्रमिक विभिन्न योजनामा संलग्न छन् ।

यस कार्यक्रमले बेरोजगार श्रमिकहरूलाई निश्चित अवधिको रोजगारी उपलब्ध गराउनुका साथै उनीहरूलाई सीपमूलक तालिमद्वारा दक्ष बनाउने लक्ष्य राखेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाको सहकार्यमा रोजगारीका अवसर सिर्जना गरिएको छ । कार्यक्रम अन्तर्गत विभिन्न पूर्वाधार निर्माण तथा सुधारका कार्यहरू सञ्चालन भइरहेका छन्, जसमा खानेपानी पाइप विस्तार, पर्यटकीय क्षेत्र व्यवस्थापन, विद्यालय सुधार, बाटो निर्माण तथा मर्मत, कुलो निर्माण लगायतका योजनाहरू समावेश गरिएको छ ।

कार्यक्रमलाई प्रभावकारी बनाउन नियमितरूपमा फिल्ड अनुगमन गरिएको छ । श्रमिकहरूलाई काम गर्न सहज होस् भन्नका लागि प्राविधिक सहायक कमला ओलीले निरन्तर सहजीकरण गरिरहनुभएको रोजगार सेवा केन्द्रले जनाएको छ । रोजगार संयोजक मञ्जु ज्ञवालीका अनुसार कार्यक्रमले केवल रोजगार प्रदान गर्ने मात्र नभई सहभागीहरूलाई दीर्घकालीन रूपमा सक्षम बनाउने उद्देश्य राखेको छ । कार्यक्रमले स्थानीय तहमा रोजगारी सिर्जना गर्दै पूर्वाधार निर्माण तथा सुधारमा महत्वपूर्ण योगदान पुर्याएको छ । समुदायको प्रत्यक्ष सहभागिता र परिश्रमबाट सामुदायिक विकासका योजनाहरू सफलतापूर्वक अगाडि बढिरहेका छन् ।

यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन समुदायका सबै पक्षको सहयोग आवश्यक रहेको वडा अध्यक्षहरूले बताएका छन् । आगामी दिनमा कार्यक्रमलाई थप विस्तारित गर्दै अन्य वडाहरूमा समेत लागू गरिने नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रका रोजगार सहायक अनुप कुमार बर्माले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

Jyoti verma २७ फाल्गुन २०८१, मङ्गलबार

Bethani

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार