जनमत पार्टीलाई उधोग वाणिज्य मन्त्रालय दिने सहमति

यूथ टुडे समाचारदाता 2394+ समाचार ( )
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए सरकारबाट बाहिरिने तयारीमा रहेको जनमतले अब उक्त मन्त्रालय पाउने भएको हो ।
८ माघ २०७९, आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल जनमत पार्टीको माग पूरा गर्ने भएका छन् ।

सत्तारुढ दलबीच भागबन्डा हुँदा खानेपानी मन्त्रालय पाएको जनमतले उक्त मन्त्रालय अस्वीकार गर्दै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए सरकारबाट बाहिरिने तयारीमा रहेको जनमतले अब उक्त मन्त्रालय पाउने भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा नेकपा एमालेका दामोदर भण्डारीले जिम्मेवारी पाएका थिए । अब भने उनी खानेपानी मन्त्री हुने भएका छन् ।

एमाले उद्योग वाणिज्य तथा आपूर्ति जनमतलाई दिन तयार भएसँगै जनमत अब्दुल खानले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार