मुख्य समाचार
हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न |

मन्त्री राईको निर्वाचन क्षेत्रबाट शम्सुलको उम्मेवारी सिफारीश भए पछि मन्त्री राईलाई ठूलो झटका

यूथ टुडे समाचारदाता 3525+ समाचार ( )
एक जना नेता सधै सांसद र मन्त्री भइरहने परम्परा तोड्न बाँके निर्वाचन क्षेत्र न. २ बाट संघीय सांसदको दाबी गरिएको जनाए । उनले कैन्द्रीय नेताहरुको सम्पर्कमा रहेको र आफ्नो नाममा सर्वसम्मतले संघीय सांसदको उम्मेदवारीको रुपमा पास गर्ने बिश्वास रहेको बताए ।
४ अशोज २०७९, मङ्गलबार

बाँके ।  प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै विभिन्‍न जिल्लाबाट उम्मेदवारहरुको नाम सिफारिस हुने क्रम चलिरहेको छ। यस्तै संघीय सरकारको भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको  निर्वाचन क्षेत्र बाँके २ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ एक्कल नाम सिफारीश हुन नसके पछि मन्त्रीलाई ठूलो भटका लागेको छ । 

्बाँके निर्वाचन क्षेत्र न २ संघीय सांसदका लागि जनता समाजबादी (जसपा) लुम्बिनी प्रदेशले भौतिक पूर्वधार तथा यातायात मन्त्री ईस्तियाक राई र उनका निवर्तमान स्वकीय सचिव शम्सुल हक राईको नाम केन्द्रमा सिफारीस गरेको छ । जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले सर्वसम्मत हुन नसके पछि पार्टीले राईद्धयको नाम संघीय सांसदका लागि सिफारीस गरिएको बताए ।

शम्सुल २०६३ को मधेश आन्दोलनदेखि मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका हुन । ईस्तियाक राईलाई सांसददेखि मन्त्रीसम्म बनाउन उनको ठूलो हात रहेको छ । उनी मन्त्री हुँदा शम्सुल पटकपटक स्वकीय सचिवका रुपमा काम गर्दै आएका थिए ।

तर, पछिल्लो पल्ट इस्तियाक भौतिक पूर्वधार तथा यातायात मन्त्री भएपछि शम्सुललाई स्वकीय सचिवमा नियुक्त गरेका छैनन् । उनीहरुबीच सम्पर्क पनि हुन छाडेको छ । जसपा स्रोतका अनुसार राईद्धयबीच बोलीचालीसमेत टुटेको छ ।

जसपा लुम्बिनी प्रदेशका सदस्यसमेत रहेका शम्सुलले राजनीति कसैको पेवा नभएको बताए । उनले एक जना नेता सधै सांसद र मन्त्री भइरहने परम्परा तोड्न बाँके निर्वाचन क्षेत्र न. २ बाट संघीय सांसदको दाबी गरिएको जनाए । उनले कैन्द्रीय नेताहरुको सम्पर्कमा रहेको र आफ्नो नाममा सर्वसम्मतले संघीय सांसदको उम्मेदवारीको रुपमा पास गर्ने बिश्वास रहेको बताए ।

निर्वाचन मिति नजिकिदै गर्दा मन्त्री ईस्तियाक र निवर्तमान स्वकीय  सचिव शम्सुलबीचको सम्बन्धमा तिक्तत्ता आएको जसपाका नेताहरु बताउँछन् ।

त्यसको असर निर्वाचनमा पनि पर्न सक्ने अडकलबाजी हुन थालेको छ । निवर्तमान सचिव शम्सुलले पछिल्लो समय मन्त्रीको सम्पर्कमा नरहेको स्वीकार गरेका छन् । मन्त्री भएपछि उहाँले मलाई सम्पर्क गर्नु भएको छैन । मैले पनि गरेको छैन । नेपालगन्ज आउँदा पनि उहाँसंग भेटघाट भएको छैन, उनले भने, म पनि निर्वाचनकै तयारीमा लागेको छु । यता मन्त्री राई मेधशी समूदायलाई छोडेर पहाडी समूदायलाई विश्वास गर्न सुरु गरे मधेशी समूदाय रुष्ट देखिएको छ । बिकासका नाममा हुलमुल सहित आफनो निर्वाचन क्षेत्र भन्दा फरक निर्वाचन क्षेत्रमा लागे पछि मतदाताहरु समेत रुष्ट हुदै शम्सुललाई समर्थन गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार