मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

काग्रेसमा निति भन्दा कुर्सीको लडाइ

महमूद आलम खान 1132+ समाचार ( )
नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी
२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी तीव्र बनाए पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा अहिलेसम्म बहसको प्रारम्भ हुन सकेको छैन ।

केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहे पनि महाधिवेशन हुँदै निर्वाचनमा जनताका बीचमा जाँदा लिने नीतिगत मुद्दाका विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल प्रारम्भ नै गरिएको छैन ।

महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो पक्ष बलियो बनाउन विभिन्न समूहगत बैठक, लन्च तथा डिनर मिटिङ दैनिकजसो चलिरहे पनि पार्टीले तय गर्नुपर्ने राजनीतिक, आर्थिक, साङ्गठनिक नीतिका विषयमा भने नेताहरूको ध्यान नै पुग्न सकेको छैन । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत पार्टीको आसन्न केन्द्रीय समिति बैठकले महाधिवेशनका लागि आवश्यक नीतिगत पक्षमा निर्णय लिने विश्वास व्यक्त गरे । महाधिवेशनमा नीति र नेतृत्व दुवैको निर्वाचन एकै पटक भएकाले धेरैको ध्यान नेतृत्व चयनमा पुग्ने भएकाले नीतिगत बहस ओझेलमा पर्ने गरेको उनी स्वीकार गर्छन् ।

उनले यस पटक पनि विगतजस्तो राजनीतिक, आर्थिक साङ्गठनिक सबै खालको प्रतिवेदन पार्टीले तयार पारी महाधिवेशनमा प्रस्तुत गरिने जानकारी दिए । पार्टीको महासमिति बैठकमा बरु नीतिगत बहस चर्को रूपमा हुने गरेको उनी बताउँछन् । गोरखापत्र दैनिकले लेखेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार