मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

जनतालाई साक्षी राखेर माओवादी नेता मल्लद्वारा वडा अध्यक्षमा उम्मेदवारी घोषणा

महमूद आलम खान 1132+ समाचार ( )
जसमा उनले आफ्ना बिभिन्न खाले महत्वपूर्ण एजेण्डाहरु समेत सार्वजनिक गरेका छन् । उनले आफु वडा अध्यक्षमा निर्वाचित भएपछि नेपाल सरकारवाट पाउने कुनै पनि सेवा सुबिधाहरु जस्तै गाडी , तलब , भत्ता ५ बर्ष सम्म नलिने घोषणा गरेका छन् ।
१० वैशाख २०७९, शनिबार

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रको तर्फवाट युवा नेता बसन्त मल्लले वडा अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । उनले बडाबासीहरुलाई साक्षी राखेर वडा अध्यक्षमा आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका हुन् ।

मेरो उम्मेदवारी युवा र पहुच नभएका जनताका लागि हो भन्ने मुलभूत उद्देश्यका साथ २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आफुले माओवादी बाट वडा अध्यक्षमा उम्मेदवारी दिने जानकारी दिए । उनले आफ्ना प्रष्ट चुनावी एजेण्डा र प्रतिबद्धता सहित जनाता माझँ जाने समेत बताएका छन् ।

जसमा उनले आफ्ना बिभिन्न खाले महत्वपूर्ण एजेण्डाहरु समेत सार्वजनिक गरेका छन् । उनले आफु वडा अध्यक्षमा निर्वाचित भएपछि नेपाल सरकारवाट पाउने कुनै पनि सेवा सुबिधाहरु जस्तै गाडी , तलब , भत्ता ५ बर्ष सम्म नलिने घोषणा गरेका छन् ।

५ बर्ष सम्म आफुले पाउने सेवा सुबिधाहरु प्रत्येक बर्ष छुट्टाछुट्टै क्षेत्र वा समुदायलाई सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् । जसमा पहिलो बर्षको सेवा सुबिधाहरु वडाका दलित जनजाती समुदायलाई , दोस्रो बर्षको युवाहरुलाई खेलकुदमा प्रेरित गर्न , तेस्रो बर्षको स्वास्थ्य सेवामा , चौथो बर्षको वडाका दिनदुखी , बिपन्न वर्ग , अशाय र आपतकालिनमा र अन्तिम बर्षको सेवा सुबिधा शिक्षामा अक्षयकोषका रुपमा सन्चय गर्ने उनले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

यस्तै उनले आफु वडा अध्यक्षमा निर्वाचित भईसकेपछि वडा कार्यालयमा जादाँ एउटा कुर्ची र टेबुल आफैले स्वयम घरवाट लगेर जाने र कार्यकाल सकिएपछि वडा कार्यालयलाई हस्तान्तरण गरि रित्तै फर्किने बताएका छन् ।

यसैगरि उनका एजेण्डाहरुमा कुनै पनि योजनाहरु बाडाफाड गर्दा जनताको राय , सल्लाहलाई मध्यनजर गर्दै काम गर्ने ,वडा अन्र्तगतका विकास निर्माणका अधुराकामहरुलाई ५ बर्ष भित्र पुरा गर्ने , ५ बर्ष भित्रमा वडा भित्र शिक्षा , स्वास्थ्य तथा कृषि हट बजारलाई पूर्ण रुपले विकास गरि नमुना वडा बनाउने रहेका छन् ।

कुनै ठाउँलाई सम्बृद्धि र अध्यारोवाट उज्यालोमा परिणत गर्नका लागि शिक्षा पहिलो स्थानमा राखि म मेरो वडामा शिक्षबिध , शिक्षक ज्यू , ब्यबस्थापन समितिसंग प्रत्येक ६ महिनामा बैठक बसेर यस नगरकै नमुना बिधालय बनाउन बिषेश भूमिका खेल्नेछु उनले भने यस वडामा भ्रष्टचारी नेताहरुलाई परास्त गर्ने र समाजको चौतर्फी विकासका लागि मेरो उम्मेदवारी रहनेछ ।

उनले आफ्नो वडामा गुठी संस्थानहरुको उचित ब्यबस्थापन गर्ने , युवाहरुका लागि युवा सम्बन्धि खेलकुदका कार्यक्रम , वडाको समृद्धि विकासका लागि बिभिन्न राजनितिक दलहरुका अग्रज , समाजका अग्रज ब्यक्तिहरुसंग समय समयमा बिशेष छलफल गरि अगाडी बढ्ने र हाल सम्म वडा देखी केन्द्रसम्म जनप्रतिनिधिद्धारा कुनै पनि कुरामा आर्थिकको पार्दशिता नरहेकाले आफुवाट आर्थिक पार्दशिता उचित राख्ने उनले प्रतिबद्धता जनाएका छन् ।

लामो समय पार्टीको बिभिन्न तहमा नेतृत्व समालि सकेका नेता मल्ल श्रमिकहरुको हक अधिकारका लागि संघर्ष गर्दै आएका छन् । वडाका नागरिकहरुलाई साक्षी राखेर युथ टुडे न्युज संग कुरा गर्दै मल्लले भने, दाजुभाईको मलाई पूर्ण साथ र समर्थन छ , अब आफू जनता माझँ गएर यि एजेण्डाहरु राख्छु , मन परेपछि सबैले मलाई नेतृत्वमा पुर्याउने छन् भन्ने पूर्ण विश्वास छ । 

कोरोनाको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ ले निर्माण गरेको आइसोलेसनको संयोजक भएर कोरोना संक्रमितहरुको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका मल्ललाई वडा अध्यक्षको उम्मेदवार बन्न बडाबासीहरुले आग्रह गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार