मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
५ वैशाख २०८२, शनिबार

बाँके । नेपाल पुलिस क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा पाहुना टोली भारतको सिलिगुडी फुटबल क्लबलाई पराजित गरेको छ । दोस्रो दिनको खेलमा सिलिगुडी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । 

पहिलो हाफमा ४–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा सिलिगुडीमाथि दबाब बढाई रहे पनि गोल थप्न भने सकेन । पुलिसको तर्फबाट निर्मला उपाध्यायले २ तथा कप्तान निरु थापा र मिना देउवाले १–१ गोल गरेका थिए ।  म्यान अफ द म्याच पुलिसकी निर्मला भइन् । 

प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता छ । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमको सहभागिता छ । 

बाँके जिल्ला फुटबल संघसंगको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ । पहिलो दिनको खेलमा शुक्रवार त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम एफसीलाई ४–० ले पराजित गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार