मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

स्वर्गीय बिरमी केसीको छैटौं स्मृति दिवस मनाइयो

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
१७ भाद्र २०८०, बिहीबार

स्वर्गीय बिरमी केसीको छैटौं स्मृति दिवस लुम्बिनी प्रदेश सभाषद कृष्णा केसी (नमुना) द्वारा माल्यापर्ण गरि श्रद्धा सुमन अर्पण गरिएको छ ।

बिहीबार बिरमी चन्द्र फाउन्डेसनको कार्यालयमा स्वर्गीय बिरमी केसीको श्रद्धाञ्जली सभा कार्यक्रम राखिएको हो । उक्त फाउन्डेसन स्वर्गीय बिरमी केसी र स्वर्गीय चन्द्र बहादुर केसीको नामबाट स्थापना गरिएको थियो ।

स्वर्गीय केसीको सुपुत्री समेत रहेकी नमुनाले उक्त फाउन्डेसनले गरेको सामाजिक कार्य, पत्रकार उत्पादन गर्ने काम लगायतको प्रशंसा गर्नुभएको हो । उहाँले फाउन्डेसनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आफू चिन्तित रहेको बताउदै फाउन्डेसनले बाँके जिल्लामा रहेका ८ वटै स्थानीय तहमा केही न केही काम गर्ने बताउनुभयो । प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा संस्थाका अध्यक्ष डा. डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाषद कृष्णा केसी नमुना रहनु भएको थियोे ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, नीति तथा परामर्श केन्द्रका सदस्य सुशील लामिछानेले स्वर्गीय केसीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँ यो संसारबाट गएपनि संस्थाले गर्दा उहाँलाई सबैले चिन्ने गरेको बताउनुभयो । प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरेले सञ्चालन गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सचिव तथा फाउन्डेसनका कोषाध्यक्ष गजेन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव एवं फाउण्डेशनका उपाध्यक्ष कृष्बण हादुर वली, सेन्टरला बाँके सहसचिव तिलक नेपाली, प्रेस सेन्टर नेपाल नेपालगञ्ज समितिका सचिब प्रदिप गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै