मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

बाँकेको तिन पालिकामा निषेधाज्ञा जारी : पाँच वडालाई ‘निषेधित क्षेत्र’ घोषणा

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

बाँके  । हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमीको अवसरमा बाँकेको केहि ठाउँमा दुर्गा मूर्तिको विसर्जन क्रममा भएको विवादपछि जिल्ला प्रशासन कार्यालय बाँकेले तिन वटा पालिकाको पाँच वडालाई निषेधित क्षेत्र घोषणा गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शनिबार राति जारी गरेको आदेशअनुसार, दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच उत्पन्न तनावका कारण शान्ति–सुरक्षा कायम गर्न आवश्यक देखिएकाले उक्त निर्णय गरिएको बताउनु भयो ।

प्रशासनका अनुसार शनिबार साँझ ७ बजे देखि बाँकेको डुडुवा गाउँपालिकाको वडा नं. ६ स्थित गाउगाउँमा भएको विवादपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। धार्मिक र साम्प्रदायिक सद्भावमा आंच आउन सक्ने अवस्था देखिएकाले घटनास्थल र आसपासका क्षेत्रमा सर्वसाधारणको आवतजावत, सभा, जुलुस, प्रदर्शन, भीडभाड र हुलहुज्जतमा कडाइ गरिएको छ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १४ को सम्पूर्ण क्षेत्र,नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ५ को ‘सुइया पिपलवा’ क्षेत्र,नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. २३ को भज्जुपुर्वा, जंगलीपुर्वा, लोहासपुरवा क्षेत्र र नरैनापुर गाउँपालिकाको वडा नं ५ को सम्पूर्ण क्षेत्रमा अनिश्चितकालका निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, “निषेधित क्षेत्र घोषणा गरिएको क्षेत्रमा पाँच वा सोभन्दा बढी व्यक्तिको भेला, जुलुस वा हिँडडुल गर्न पाइने छैन भने उक्त आदेश उल्लंघन गर्ने व्यक्तिमाथि कानूनी कारबाही गरिनेछ।”

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सबै पक्षलाई संयम रहन, अफवाहमा नफस्न र शान्ति सुरक्षा कायम गर्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार