मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

बाँके क्षेत्र नं. २(२) मा अकल बमको समर्थनमा उर्लियो जनसागर

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
बाँके २ (२) बमको जित्ने निश्चित
१ मंगशिर २०७९, बिहीबार

नेपालगन्ज । बाँके क्षेत्र नं. २(२) मा माओवादी प्रति मतदाताको आकर्षण बढ्दै गएको छ । मंसिर ४ मुखमै आउदा मतदाताको आकर्षणले यस क्षेत्रका माओवादी तर्फका उम्मेदवार अकल बहादुर बमको आशा बढेको हो । यसले आफू विजयी हुनेमा नेता बम ढुक्क हुनुहुन्छ ।

बिहीवार दिनभर माओवादी केन्द्रका उम्मेदवार सहित प्रचारप्रसारमै ब्यस्त देखियो । बिहानै देखि प्रचारप्रसारमा निस्केको टोलिले क्षेत्र नं. २(२) का १४ वटा वाड मै घरदैलो गरेर भ्याएको प्रचारप्रसार समितिका संयोजक नवीन शर्माले बताउनु भयो ।

उहाँका अनुसार जनताले माओवादी पार्टीलाई माया गरेको छ । हरेक गल्ली, टोल, गाउँमा मतदाताले साथ दिएको नेपालगन्ज नगरकमिटीका अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो । विभिन्न वडामा भेला भएका मतदातालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा उम्मेदवार अकल बमले आफुलाई मतदान गर्न आग्रह गर्नु भयो । नेता बमले योग्य उम्मेदवार हेरेर मतदान गर्न मतदातालाई अनुरोध गर्नु भयो । माओवादीले जनताका जनस्तरमा चासो राखेको भन्दै आफुलाई विजायी बनाए नेपालगन्ज भित्र रहेका ७० प्रतिशत कच्ची सडक, स्वास्थ शिक्षा, लागु पदार्थ न्यूनीकरण, बेरोजगारी जस्ता समस्या समाधान गर्ने बताउनु भयो । त्यस्तै समानुपातिक तर्फका उम्मेदवार काली मिया कस्मिराले माओवादी पार्टी र त्यसका योग्य उम्मेदवार बम र आफुलाई अमुल्य मतदान गर्न आग्रह गर्नु भयो ।

बिहीवार १२ बजेदेखि र्‍याली मार्फत माओवादीका उम्मेदवार बमले शक्ति प्रदर्शन गर्नु भयो । पैदल, अटोरिक्सा र मोटरसाइकल यात्रा गरेर चुनावी शक्ति प्रदर्शन गरेको माओवादीले धमबोझी, बिपि चोक, त्रिभुवन चोक, सदरलाईन, त्रिवेणी मोड हुँदै बसपार्कमा कोणसभा गरेर र्‍याली समापन गरिको थियो । राती ९:५० सम्म विभिन्न वडामा उपस्थित मतदातासँग नेता बमले मतमाग्नु भयो । युवा नेता प्रति मतदाता सकारात्मक रहेको विभिन्न स्रोतले बताउँछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार