मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

समाजसेबी थापालाई बासद्वारा समाज सेवा सम्मान

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

बाँके ‌। बाँकेको खजुरा जडा नम्वर ४ डि गाउँमा जन्मिएका लिल बहादुर थापा सामान्य परिवारका सदस्य हुन् । जीवन जिउने क्रममा १७ बर्ष अघि डिभि परेर उनी अमेरिका गए । अमेरिका गएर सुख सयलको जिन्दगि व्यतित गर्दै थापाले आफ्नो गाउँ, ठाउँलाई चटक्कै भुल्लान् भन्ने आम अनुमानलाई उनले गलत सावित गरिदिए । 

दिनको १६, १७ घण्टा श्रम गरेर मनग्य अर्थाेपार्जन गर्दै आएका उनले सो आम्दानीबाट आफ्नो दुनो सोझ्याउन लागेनन्, निभेको दिन दुःखिको चुलो बाल्न तर्फ उनी लागे । सार्वजनिक श्रोतको दोहन गर्नेहरुको बिगबिगि भईरहेको बेला कडा परिश्रम गरेर कमाएको पैंसाबाट अनवरत रुपमा सहयोग गर्ने थापा प्रेरणादायी व्यक्ति हुन् । 

थापाले दशकौं देखि बाँके लगायत गुल्मि, बाग्लुंग, पर्वत लगायतको जिल्लामा रहेका सहयोगापेक्षि व्यक्तिहरुको गास, बास र कपासका लागि सहयोग गर्दै आएका उनी हाल जन्मथलो बाँकेमा छन् । बाँकेमा रहेर दुरदराजमा रहेका बिभिन्न प्रकारका पीडितहरुलाई सहयोग गरिरहेका छन् । 

हो उनै कर्मबिर, दानबिर समाजसेवी थापालाई आज नेपालगञ्जमा सम्मान गरिएको छ । बास नेपालद्धारा नियमित रुपमा सञ्चालित साप्ताहिक कार्यक्रम ईन्सपाईरिंग युथको ३१६ औं श्रृंखलामा उनलाई सम्मान गरिएको हो । 

बास नेपालले उनलाई समाज सेवा सम्मान २०८१ बाट सम्मान गरेको हो । उनलाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ –दशकौं देखि अनवरत रुपमा सामाजिक सेवामा क्रियाशिल तपाईंले अमेरिकामा रहेर नेपालीहरुलाई गरेको सहयोगबाट हामीहरु उत्प्रेरित भएका छौं । ग्रामिण क्षेत्रमा रहेर संघर्ष गर्दै अमेरिकामा पुगेर नेपाल र नेपालीको सुख दुःखमा साथ दिनु सह्रानिय कार्य हो । अमेरिकामा रहेर बाँके लगायतका सहयोगापेक्षीहरुलाई अनवरत सहयोग गर्दै सामाजिक कार्यका माध्यमबाट समाज र राष्ट्रलाई पु¥याउनु भएको योगदानको उच्च कदर गर्दैै तपाईंलाई समाज सेवा सम्मान —२०८१ प्रदान गरिएको छ । 

कार्यक्रमकी प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य अम्विका काफ्ले, नेपाल रेडक्रस सोसाईटीका पूर्ब केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्मा, बास नेपालका सल्लाहकार किरण आचार्य, अधिबक्ता लोक बहादुर शाह लगायतले थापालाई सम्मान पत्र प्रदान गरेका थिए । 

सम्मान प्रदान गर्दै प्रमुख अतिथी काफ्लले अमेरिकामा रहेर नेपालीहरुलाई सहयोग गर्नु महानता भएको बताईन् । सहयोगापेक्षि व्यक्तिहरुलाई सहयोग गर्ने व्यक्ति भगवानरुपी व्यक्ति भएको उनले बताईन् । 

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटीका पूर्ब केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्माले संघर्ष गरेर कमाएको पैंशाबाट सहयोग गर्नु ठूलो कुरा भएको बताए । 

बास नेपालकी सल्लाहकार किरण आचार्यले नेपालीको पीडा बुझेर सहयोग गर्ने थापा सम्मान योग्य पात्र भएको बताईन् । 

कार्यक्रममा बोल्दै अधिबक्ता लोक बहादुर शाहले साहरा बिहिन व्यक्तिको साहरा बनेका थापा प्रेरणाको श्रोत भएको बताए । 

पत्रकार खगेन्द्र दाहालले सम्मानित व्यक्तित्व थापाको बारेमा बोलेका थिए । अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा निर्देशक हेमराज भट्टले स्वागत गरेका थिए भने कार्यक्रमको समापन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार