मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले गरे दलित निगरानी केन्द्रको उद्घाटन

महमूद आलम खान 1133+ समाचार ( )
नरैनापुरलाई विकसित र समृद्ध बनाउनतर्फ केन्द्रीय हुन अध्यक्ष शाहको भनाइ
६ पौष २०७८, मङ्गलबार

बाँके । बाँकेको नरैनापुरमा दलित निगरानी केन्द्र भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । दलित समुदायको हक अधिकार स्थापित गर्दै उनीहरुको उत्थान र विकासका लागि गाउँपालिकाको सहयोगमा भवन निर्माण गरिएको छ । 

दलितका सवालमा छलफल गर्ने थलोका रुपमा रहने भवन १८ लाख ४२ हजार ६ सय ४७ रुपैयाँको लागतमा निर्माण भएको हो । नरैनापुरमा क्रियाशील दलित संघर्ष समिति र तराई दलित विकास मञ्चको अग्रसरतामा भवन बनेको हो । नरैनापुरमा बनेको दलित निगरानी केन्द्र भवन ७५३ पालिकामै पहिलो भएको दलित अधिकारकर्मीहरुको दाबी छ । 

भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहले सबै समुदाय मिलेर नरैनापुरलाई विकसित र समृद्ध बनाउनतर्फ लाग्न आह्वान गरे । उनले दलित समुदायको उत्थानका लागि आफू सधैं क्रियाशील रहेको बताउँदै उनले समुदायका सबै जातजाती, बर्ग, लिंग र सम्प्रदायको लागि सबैले हातेमालो गर्नुपर्ने बताए । अध्यक्ष शाहले दलित निगरानी केन्द्रलाई मजबुत बनाउन गाउँपालिकाको कृषि शाखामार्फत् एम्बुलेन्स प्रदान गर्ने घोषणा समेत गरे । अध्यक्ष शाहले गरिब विपन्न दलित समुदायका बालबालिकाका लागि विद्यालय पोशाक उपलब्ध गराउने बताए । उनले शिक्षा आर्जनमा आफ्ना बालबालिकालाई केन्द्रित गर्न आग्रह गरे । दलित बालबालिकाको शिक्षामा सहज पहुँचका लागि आफूले हरसम्भव प्रयास गर्ने बताए ।

नरैनापुरका कांग्रेस नेता रामचन्द्र मौर्यले शिक्षा विना दलित समुदायको उत्थान सम्भव नभएकाले शिक्षामा जोड दिन आग्रह गरे । दलित महासंघका पूर्व केन्द्रिय अध्यक्ष गजाधर सुनारले विभेद अन्त्य गरेर सामाजिक विकासका लागि हातेमालो जरुरी रहेको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले दलित समुदायमा साक्षरता जरुरी रहेको बताउँदै छोराछोरीलाई स्कुल पठाउन अभिभावकहरुलाई आग्रह गरे । उनले गाउँपालिकाले निःशुल्क बस सञ्चालन गरेर बालबालिकालाई पढाईमा केन्द्रित गर्न हरसम्भव प्रयास गरेको बताए ।

कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, दिपेन्द्र प्राविका प्रधानाध्यापक दुर्गाप्रसाद श्रीवास्तव, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्रबहादुर विक, जयकिसान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्रकुमार यादव, भारतीय अतिथि देवधर शास्त्री, रेडियो प्रतिवोधका अध्यक्ष बुद्ध सुनार, दलित मुक्त जागरण अभियान बाँकेका सचिव रामबालक पासवान, दलित एकता सञ्जाल नरैनापुरका अध्यक्ष नरेश चमारले मन्तब्य व्यक्त गरेका थिए ।

दलित संघर्ष समिति नरैनापुरका संयोजक मोलहे आर्य धोवीको अध्यक्षतामा भएको कार्यक्रममा धोबीलाई गाउँपालिकाका अध्यक्ष शाह र प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भवनको चाँबी हस्तान्तरण गरेको दलित सेवा संघ नरैनापुरका अध्यक्ष सियाराम धोवीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार