मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

राप्रपा अध्यक्ष लिङदेन र पुर्व अध्यक्ष थापा बिच भेटघाट

महमूद आलम खान 1133+ समाचार ( )
राप्रपा एकता महाधिबेशन पछि पहिलो लिङदेन र थापा बिच भेट
२३ माघ २०७८, आइतबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्ष कमल थापासँग भेट गरेका छन् ।

अध्यक्ष लिङ्देनले थापाको घरमै गएर भेट गरेका हुन् । राप्रपाको एकता महाधिवेशनपछि लिङ्देन र थापाबीच भएको यो पहिलो भेटवार्ता हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त पदाधिकारी एवम् विभागीय प्रमुखहरुको पदस्थापन, स्वागत र मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देन शनिबार थापासँग भेटघाट भएको जानकारी दिएका हुन् ।

‘देशले राप्रपाको आवश्यकता महशुस गरिरहेको छ । पार्टीले लिएको राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा दिन प्रतिदिन लोकप्रिय बन्दै गएको अवस्थामा राप्रपाले नवीन यात्रा प्रारम्भ गरिरहेको छ’ अध्यक्ष लिङ्देनले भने, ‘सानातिना विषयमा नअल्झौँ, बृहत राप्रपा निर्माणमा जुटौँ ।’

यसकै प्रयास स्वरुप शनिबार मात्रै निवर्तमान अध्यक्ष कमल थापासँग भेटघाट, छलफल भएको, छलफल सकारात्मक रहेको र संवाद जारी रहने सहमति भएको उनले बताए ।

गएको मंसिर महिनामा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा लिङ्देनले थापालाई अध्यक्ष पदमा पराजित गरेसँगै थापा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै असन्तुष्ट बनेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार