मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

राप्रपा अध्यक्ष लिङदेन र पुर्व अध्यक्ष थापा बिच भेटघाट

महमूद आलम खान 1133+ समाचार ( )
राप्रपा एकता महाधिबेशन पछि पहिलो लिङदेन र थापा बिच भेट
२३ माघ २०७८, आइतबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्ष कमल थापासँग भेट गरेका छन् ।

अध्यक्ष लिङ्देनले थापाको घरमै गएर भेट गरेका हुन् । राप्रपाको एकता महाधिवेशनपछि लिङ्देन र थापाबीच भएको यो पहिलो भेटवार्ता हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त पदाधिकारी एवम् विभागीय प्रमुखहरुको पदस्थापन, स्वागत र मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देन शनिबार थापासँग भेटघाट भएको जानकारी दिएका हुन् ।

‘देशले राप्रपाको आवश्यकता महशुस गरिरहेको छ । पार्टीले लिएको राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा दिन प्रतिदिन लोकप्रिय बन्दै गएको अवस्थामा राप्रपाले नवीन यात्रा प्रारम्भ गरिरहेको छ’ अध्यक्ष लिङ्देनले भने, ‘सानातिना विषयमा नअल्झौँ, बृहत राप्रपा निर्माणमा जुटौँ ।’

यसकै प्रयास स्वरुप शनिबार मात्रै निवर्तमान अध्यक्ष कमल थापासँग भेटघाट, छलफल भएको, छलफल सकारात्मक रहेको र संवाद जारी रहने सहमति भएको उनले बताए ।

गएको मंसिर महिनामा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा लिङ्देनले थापालाई अध्यक्ष पदमा पराजित गरेसँगै थापा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै असन्तुष्ट बनेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार