मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

सिआइबीले माधव र बाबुरामसँग लियो बयान

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
४ भाद्र २०८०, सोमबार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा बाबुराम भट्टराईसँग बयान लिएको छ ।

सिआबीको टोलीले आइतबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाल र नेसपाका अध्यक्ष भट्टराईसँग सोधपुछ गरेको हो । सर्वोच्च अदालतले भट्टराई र नेपालसँग पनि सोधपुछ गर्न बाटो खुला गरेपछि सिआइबीले उनीहरुसँग बयान लिएको हो ।

सिआइबी प्रमुख किरण बज्राचार्यले भट्टराई र नेपालसँग सोधपुछ गरिएको जानकारी दिए । यसअघि उनीहरुसँग बयान नलिई यस प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउन लागेपछि चौतर्फी आलोचना बढेको थियो ।

नेता नेपाल २०६६–६७ सालमा प्रधानमन्त्री रहेको बेला बिशिष्ट व्यक्तिको निवास विस्तारका नाममा ललितानिवास परिसरको जग्गा नक्कली मोहीलाई दिएर हिनामिना भएको थियो ।

यसैगरी ५ माघ २०६९ मा मालपोत कार्यालय, डिल्लीबजारले ललिता निवासभित्र रहेको ६० आना जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गर्ने निर्णय गरेको थियो । डा. भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले यसबारेमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । त्यसैले उनी पनि यो प्रकरणमा जोडिएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार