मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

साढे दुई करोड रुपैयाँ हड्पनाका लागि नक्कली बिहे गरेर ‘श्रीमान्’को हत्या गरेको पुष्टि

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
रकम लिएर विदेश भाग्न लागेकी युवती र अन्य पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
१३ श्रावण २०७९, शुक्रबार

काठमाडौं । साढे दुई करोड रुपैयाँ बिमा रकमका लागि एक युवतीले नक्कली बिहे गरेर ‘श्रीमान्’को हत्या गराएकी छिन् । रकम लिएर विदेश भाग्न लागेकी युवती र अन्य पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । 

बाँके कोहलपुरका सर्जन विकको दुर्घटनामा मृत्यु भएको देखाई बिमा रकम हात पार्न हत्या भएको हो । हत्याअघि उनको साढे दुई करोड रुपैयाँको बिमा गरिएको थियो । 

योजनामुताबिक नै सपना मल्लसँग विवाह दर्ता गरिएको थियो । ठगीकै योजनाअनुसार यसरी बिमा गरी हत्या भएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न सपनासहित सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ब्युरोका प्रमुख एआइजी उत्तमराज सुवेदीका अनुसार सपना जापान जान लागेको अवस्थामा दिल्ली विमानस्थलबाट नेपाल फर्काएर पक्राउ गरिएको हो । 

गत २ वैशाख ०७८ मा सर्जनको बाँकेको बैजनाथ गाउँपालिका– ६ मा मिनीबसको ठक्करबाट मृत्यु भएको थियो । योजनाबद्ध रूपमा बसले ठक्कर दिएर हत्या भएको हाल अनुसन्धानमा खुलेको छ । 

त्यसअघि विकको रिलायन्स लाइफ इन्स्योरेन्समा बिमा गरिएको थियो । उनको मृत्यु हुनुभन्दा दुई महिनाअघि बिमा गरिएको र एक महिनाअघि मात्र सपनासँग विवाह दर्ता गरी बिमा इच्छाएको व्यक्तिमा उनको नाम राखिएको थियो । घटनाका मुख्य योजनाकार सञ्जीव अर्याल भएको र बिमा अभिकर्ता सरदार अहमत खाँलगायतको मिलेमतो रहेको सिआइबीले जनाएको छ । बिमाको रकम आइसकेपछि ८० लाख सञ्जीव अर्याल तथा ६० लाख रुपैयाँ दीपक केसीले लिएका थिए । अन्य रकम सपनाले नै खर्च गरेको अनुसन्धानमा खुलेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दुर्घटना शंकास्पद भएको भन्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान गर्दा हत्या र ठगी पत्ता लागेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार