मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

युरोपियन युनियनका राजदूत लोरेन्जो र नेपालगञ्जका मेयर विष्टबीच भेटवार्ता

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

नेपालगञ्ज । नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्ताका क्रममा राजदूत लोरेन्जो र नगर प्रमुख विष्टबीच नेपालगञ्ज उपमहानगरपालिकाको समग्र अवस्था र विपद व्यवस्थापनका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्यका सम्बन्धमा कुराकानी भएको छ ।

राजदूत लोरेन्जोले त्यसअघि नेपालगञ्जमा सञ्चालित विपद व्यवस्थापन कार्य लगायत अन्य विषयमा नेपालगञ्जका जनप्रतिनिधि, स्थानीय समुदाय, नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो । नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधिहरुसंगको भेटमा समग्र अर्थतन्त्र र सुधारका विषयमा छलफल भएको बताइएको छ । उहाँले आगलागी र भूकम्प केन्द्रित घटना अभ्यासहरूको अवलोकन समेत गर्नुभएको थियो । 

राजदूत लोरेन्जोको उपस्थितिमा एकलैनीस्थित मुसाफिर खानामा ग्याँस सिलिण्डरको आगो नियन्त्रण गर्ने तरिका बारेको घटना अभ्यास तथा रानीतलाउस्थित महेन्द्र माविमा गरिएको भूकम्पमा आधारित घटना अभ्यासको अवलोकन गर्नुभएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

युरोपियन युनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी एवम् नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार