मुख्य समाचार
खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा |
मुख्य समाचार
खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा |


खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू

यूथ टुडे समाचारदाता 3523+ समाचार ( )
३० श्रावण २०८३, शनिबार

बाँके । धार्मिक आस्था, जनसहयोग र महायज्ञबाट संकलित रकमबाट निर्माण गरिएको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल दरबन्दी अभावका कारण सञ्चालनमा चुनौती झेलिरहेको छ । 

स्थानीयवासीले लामो प्रयास र जनसहयोगबाट निर्माण गरी २०७२ सालमा संघीय सरकारलाई हस्तान्तरण गरेको अस्पतालले हालसम्म पनि आवश्यक स्थायी दरबन्दी पाउन सकेको छैन । संघीय सरकारले स्वामित्व लिएर सञ्चालन गर्दै आए पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको दरबन्दी स्वीकृत नहुँदा अस्पताल अस्थायी, करार तथा दैनिक ज्यालादारी जनशक्तिको भरमा सञ्चालन भइरहेको छ ।

अस्पतालका संस्थापक किस्मत कुमार कक्षपतिका अनुसार स्वास्थ्य मन्त्रालयले अस्पताल विकास समितिको नयाँ नेतृत्वसमेत दिन नसक्दा कर्मचारी व्यवस्थापनमा थप समस्या सिर्जना भएको छ ।

“अस्पताल विकास समिति नेतृत्वविहीन भएको एक वर्ष पुगिसक्यो । तर स्वास्थ्य मन्त्रालयले अहिलेसम्म नयाँ नेतृत्व दिन सकेको छैन,” कक्षपतिले भन्नुभयो, “विकास समितिको नेतृत्व नहुँदा करारमा कर्मचारी नियुक्त गर्नसमेत सकिएको छैन । यसले अस्पतालको नियमित सेवा सञ्चालनमै प्रत्यक्ष असर परेको छ ।”

उहाँका अनुसार जनशक्ति अभाव समाधानका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने अवस्था छ । लामो समयदेखि सेवा दिँदै आएको अस्पतालमा बिरामीको चाप बढिरहँदा कर्मचारीको अभाव झन् गम्भीर बन्दै गएको उहाँले बताउनुभयो ।

विशिष्टीकृत क्यान्सर अस्पतालका रूपमा सेवा दिइरहेको अस्पतालका निर्देशक डा. नीरज भट्टराईका अनुसार अस्पताल सञ्चालनका लागि ४०९ जना जनशक्ति आवश्यक छ । तत्काल सबै दरबन्दी स्वीकृत गर्न नसके पनि कम्तीमा २०० दरबन्दी स्वीकृत भए अस्पतालको सेवा सञ्चालनमा उल्लेख्य सहजता आउने उहाँले बताउनुभयो । 

“अस्पतालको आवश्यकता र सेवाको प्रकृतिअनुसार ठूलो संख्यामा जनशक्ति आवश्यक छ । अहिले सीमित जनशक्तिबाट सेवा सञ्चालन गर्नुपरेको छ,” निर्देशक डा. भट्टराईले भन्नुभयो, “कम्तीमा २०० दरबन्दी स्वीकृत भएमा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सकिन्छ ।”

जनशक्ति अभावका बाबजुद अस्पतालले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । तर, स्थायी दरबन्दी नहुँदा जनशक्ति व्यवस्थापन, सेवा विस्तार र विशेषज्ञ सेवा निरन्तरतामा समस्या देखिएको अस्पतालको भनाइ छ ।

यसैबीच अस्पताल स्थापनाको मूल उद्देश्यसँग जोडिएको धार्मिक अनुष्ठानसमेत आज शनिबारदेखि विधिवत रूपमा सुरु भएको छ । हिन्दु धर्मगुरु सन्त दीनदयालजी महाराजको प्रेरणा र संकल्पमा महायज्ञमार्फत संकलित जनसहयोगबाट अस्पताल स्थापना गरिएको हो ।

अस्पताल परिसरमा सुरु भएको धार्मिक अनुष्ठानले बिरामी तथा उपचाररत परिवारमा सकारात्मक ऊर्जा र मनोबल बढाउन सहयोग पुग्ने सन्त दीनदयालजी महाराजले बताउनुभयो । लामो संघर्षपछि स्थापना भएको अस्पतालमा सुरु गरिएको धार्मिक अनुष्ठानलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“लामो संघर्षपछि यो अस्पताल निर्माण भएर आजको अवस्थामा आइपुगेको हो । अस्पतालको उद्देश्य सेवामूलक भएकाले यहाँ हुने धार्मिक अनुष्ठानले पनि निरन्तरता पाउनुपर्छ,” उहाँले भन्नुभयो ।

प्रखर परोपकार मिशन नेपालका महेन्द्र मल्लले जनसहयोग र धार्मिक भावनाबाट निर्माण भएको अस्पतालले अहिले देशका विभिन्न क्षेत्रका क्यान्सरपीडितलाई सेवा दिइरहेको बताउनुभयो । अस्पतालको संस्थागत विकास र सेवा विस्तारका लागि राज्यले आवश्यक जनशक्ति तथा स्रोतसाधन उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।

जनताको सहयोग र योगदानबाट निर्माण भई राज्यलाई हस्तान्तरण गरिएको विशिष्टीकृत अस्पताललाई आवश्यक दरबन्दी उपलब्ध गराई थप व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने स्थानीयवासीको माग छ । धार्मिक अनुष्ठानको उदघाटन कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार