मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुरमा फाल्गुन ११ गते देखि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन गराइने

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
नरैनापुर गाउँ पालिकामा फागुन ११ गते बाट सुरु हुने अभियानमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेर आफू र आफ्नो परिवारलाई हात्तीपाइले रोगकै कारणले हुन सक्ने अपाङ्गता बाट बाच्न र बचाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ
५ फाल्गुन २०७९, शुक्रबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा फागुन ११ गते देखि सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान २०७९ अन्तर्गत पालिका स्तरीय योजना तर्जुमा तथा समन्वय गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह , विभिन्न वडाका वडा अध्यक्ष जनप्रतिनिधी , प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतको उपस्थिति रहेको थियो | कार्यक्रमको प्रशिक्षण नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले गर्नु भएको थियो |

गाउँपालिकाले ६ वटा वडा भित्रका विभिन्न स्वस्थ चौकी ,विद्यालय ,धेरै मानिसलाई पाएकपर्ने चोकलाई सेन्टर बनाएर ओषधी खुवाइने नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ | नरैनापुर गाउँ पालिकामा फागुन ११ गते बाट सुरु हुने अभियानमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेर आफू र आफ्नो परिवारलाई हात्तीपाइले रोगकै कारणले हुन सक्ने अपाङ्गता बाट बाच्न र बचाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

तर यो औषधी दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले भने खान नहुने कार्यक्रममा जनस्वास्थ्य कार्यालय कि दुर्गा गौतमले जानकारी गराउनु भएको थियो । अरू व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान मिल्ने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार