मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |
मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |


आचारसंहिता परिमार्जन प्रधानमन्त्री पनि चुनाव प्रचारमा हिँड्न पाउने

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
राजनीतिक दलहरुको दबाव थेग्न नसकेपछि निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई देशव्यापी निर्वाचन प्रचारप्रसारमा हिड्न अनुमति दिने भएको छ ।
२१ अशोज २०७९, शुक्रबार

काठमाडौं । राजनीतिक दलहरुको दबाव थेग्न नसकेपछि निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई देशव्यापी निर्वाचन प्रचारप्रसारमा हिड्न अनुमति दिने भएको छ ।

आयोगले निर्वाचन आचारसंहिता संशोधन गरेर बन्देजात्मक व्यवस्था हटाएको हो । आचारसंहिताको दफा ५ मा प्रधानमन्त्रीदेखि मन्त्रीहरु र संघीय कार्यपालिकाका सबै सदस्यहरु आफू उम्मेद्वार भएको ठाँउ बाहेक अन्यत्र प्रचारप्रसारमा जान नहुने व्यवस्था थियो । यो व्यवस्थाका कारण सत्तामा रहेका प्रभावशाली नेताहरु केवल आफू उम्मेद्वार भएको क्षेत्रमा मात्रै सीमित हुन पाउँथे । निर्वाचन आचार संहिताको यो व्यवस्थाको सत्ता गठबन्धनका साथै प्रमुख प्रतिपक्षी एमालेका नेताहरुले समेत विरोध गरेका थिए ।

दलहरुको विरोधपछि आयोगले आचारसंहिता संशोधन गरेर प्रधानमन्त्री तथा मन्त्रीहरु प्रचारप्रसारमा जानसक्ने व्यवस्था थपेको हो । त्यसका लागि उनीहरुले निर्वाचन आयोगबाट पहिले अनुमति लिनुपर्नेछ । आचारसंहितामा भएको नयाँ व्यवस्थामा भनिएको छ, ‘मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ ।’

निर्वाचन आयोगले देशव्यापी प्रचारप्रसारका क्रममा शीर्ष नेताहरुको दौडधुप र उनीहरुको हेलिकप्टर खर्चलाई नियन्त्रण गर्न मुख्य प्रचारक र प्रचारकको अवधारणा ल्याएको थियो । आचारसंहितामा भएको व्यवस्था अनुसार, मुख्य प्रचारक वा प्रचारकले मात्रै देशव्यापी प्रचारप्रसारका क्रममा हेलिकप्टर उपयोग गर्न पाउथे र त्यसको खर्च समेत उम्मेद्वारको निर्वाचन खर्चमा जोडिन्थ्यो । महाअष्टमीका दिन बसेको आयोगका पदाधिकारीहरुको बैठकले आचारसंहिता संशोधन गर्दै राजपत्रमा प्रकाशित गर्न कानून मन्त्रालयमा पठाइएको छ ।

कानून मन्त्रालय स्रोतका अनुसार, प्रदेश सरकारका मन्त्रीहरुलाई समेत प्रचारप्रसारमा सहभागी हुन खुकुलो व्यवस्था गरिएको छ । अब प्रदेशस्तरिय निर्वाचन कार्यालयकै सहमति लिएर सम्बन्धित प्रदेशमा प्रचारक हुन पाउनेछन् ।

निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीहरुलाई लागू हुने आचारसंहिताको बन्देजात्मक व्यवस्था खुकुलो पारेको छ । यसअघिको आचारसंहितामा स्थानीय तहको कार्यपालिकाका पदाधिकारीहरु निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नपाउने व्यवस्था थियो । अब भने यो बन्देज शर्तसहित हटेको छ ।

दफा ५ मै थपिएको व्यवस्थामा भनिएको छ, ‘स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ ।’ आयोगले यसरी प्रचारप्रसारमा सहभागी हुने सार्वजनिक पदाधिकारीले सरकारी स्रोतसाधन प्रयोग गर्न नहुने व्यवस्था भने यथावत राखेको छ ।

चुनावी प्रचारप्रसारका क्रममा हुने खर्चको विवरण बुझाउने व्यवस्थामा समेत आयोगले उदारता अपनाएको छ । आचारसंहितामा उम्मेद्वारले कोणसभा र आमसभा गर्दा लागेको खर्चको विवरण एक साताभित्र सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था थियो । त्यसलाई परिमार्जन गरी १५ दिनभित्र बुझाए हुने बनाइएको छ । अनि उम्मेद्वारको साटो प्रतिनिधीले भएपनि विवरण बुझाए हुने भएको छ ।

आयोगले यसपालीदेखि प्रत्यक्षतर्फका उम्मेद्वारहरुलाई सम्पत्ति विवरण बुझाउन अनिवार्य गरेको छ । आचारसंहितामा भएको व्यवस्था अनुसार उम्मेद्वार निर्वाचित भएमा निर्वाचन आयोगले सम्बन्धित सांसदको सम्पत्ति विवरण समेत सार्वजनिक गरिदिन्थ्यो । अहिले त्यो व्यवस्था परिमार्जन गरिएको छ । नयाँ व्यवस्था अनुसार निर्वाचित भएका उम्मेद्वारको मञ्जुरी भएमा सम्पत्ति विवरण सार्वजनिक हुनेछ । उम्मेद्वारको मञ्जुरी नभएमा सार्वजनिक हुने छैन ।

उम्मेद्वारहरुले हदभन्दा बढी खर्च गरेमा निर्वाचन आयोगले कारवाही गर्नसक्ने व्यवस्था समेत परिमार्जन भएको छ । आचारसंहितामा हदभन्दा बढी खर्च गर्ने दल वा उम्मेद्वारलाई कारवाहीका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने व्यवस्था हटाइएको छ । यसबाहेक आयोगले निर्वाचन आचारसंहिता अनुगमन समितीमा रहने पदाधिकारी र अनुगमन अधिकृतको भूमिकामा समेत सामान्य हेरफेर गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार