मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

अस्पतालबाट डिस्चार्ज भएपछि अध्यक्ष शाहले भने, छिट्टै जनताको सेवामा फर्किने छु

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्किनु भएको छ । अध्यक्ष शाहको सचिवालयले अध्यक्ष शाह स्वास्थ्य लाभ गरी आज बिहिबार घर फर्किनु भएको जनाएको छ ।
२ कार्तिक २०७९, बुधवार

बाँके । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्किनु भएको छ । अध्यक्ष शाहको सचिवालयले अध्यक्ष शाह स्वास्थ्य लाभ गरी आज बिहिबार घर फर्किनु भएको जनाएको छ ।

अध्यक्ष शाह डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् ।

चिकित्सकको सल्लाहअनुसार अध्यक्ष शाह केहीदिन घरमै आराम गर्नेछन् । एन्फ्लुयन्जा संक्रमण संगै निमुनिया भए पछि नेपालगञ्ज मेडिकल कलेजले थप उपचारका लागि रेफर गरे पछि गत आइतबार भारतको लखनऊ स्थित रहेको पोलो अस्पतालमा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह भर्ना हुनु भएको थियो ।

डिस्चार्ज भएपछि अध्यक्ष शाहले भन्नु भयो"अस्पतालमा मलाई रेखदेख गर्ने सबै डाक्टर, नर्स, सहयोगी र व्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु। म अस्पतालमा रहँदा भेट्न आउनु हुने र सुस्वास्थ्यको कामना गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।" उहाँले भन्नुभयो, अस्पतालबाट डिस्चार्ज भए पनि डाक्टरको सल्लाह अनुसार केहि दिन घरमा आराम गरि सके पछि जनताको सेवामा फर्किने छु ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार