मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

महिलाहरु नेतृत्वमा आए पारदर्शीता र सुसासन कायम हुन्छ : अर्थमन्त्री

महमूद आलम खान 1133+ समाचार ( )
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शीता र सुसाशन भेटिने गरेको बताउनुभएको छ
२२ चैत्र २०७८, मङ्गलबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शीता र सुसाशन भेटिने गरेको बताउनुभएको छ । बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा बोल्दै अर्थमन्त्री शर्माले महिलाहरुलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गर्ने बताउनुभयो ।

‘आत्मसम्मान सहितको आर्थिक निर्भरता प्रमुख कुरो हो । यसका लागि शिक्षा र स्वास्थ्य अनिवार्य सर्त हो’ उहाँले भन्नुभयो, ‘महिलाहरुलाई शिक्षा, स्वास्थ्यको पहुँच वृद्धि ग¥यो भने समाजलाई शिक्षित बनाउने अभियान छिटै हाँसिल हुने मेलै देखेको छु ।’ उहाँले सामाजिक चेतना वृद्धि नगरी महिला हिंसा अन्त्य नहुने धारणा राख्नुभएको थियो । उहाँले महिला हिंसा अन्त्यका लागि आम महिलालाई जोडेर समाजमा चेतना वृद्धि गर्ने गरी बजेटको गृहकार्य भएको बताउनुभएको थियो ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाका क्षेत्रमा कम बजेट बिनियोजन भएको गुनासो गनूभयो ।  उहाँले प्रत्येक प्रदेशमा प्रसुती अस्पताल, कैलालीको महिलाले न्याय पाउन सिंहदरबार धाउनुपर्ने व्यवस्थाको अन्त्य, महिला उद्यमशीलताको विकास, ग्रामिण क्षेत्र र सहरी क्षेत्रका महिलालाई अलग अलग नीति हुनुपर्नेलगायतका सुझाव दिनुभयो । छलफलमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने २ दर्जन महिला नेतृ, अभियान्ता, संचारकर्मी, उद्यमीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार