मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

संघीय सांसदका स्वतन्त्र उम्मेदवार इरफान शेषले गरे बृहत शक्ति प्रदर्शन

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
प्रहरी प्रशासनले झण्डा तानेपछि समर्थक आन्दोलित
२६ कार्तिक २०७९, शनिबार

बाँके । बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार इरफान शेष र क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले आफ्ना क्षेत्रमा चुनावी अभियानलाई तिब्र बनाउदै शनिवार संयुक्त रुपमा बृहत र्‍याली सहित शक्ति प्रदर्शन गरेका छन ।

नेपालगञ्जको रामलिला मैदानबाट शुरु भएको र्‍याली शहरका बिभिन्न चोक हुदैँ वरीपरीका गाँउहरुमा पसेको थियो । यस क्षेत्रका किसान मजदुर, पिडित आटो रिक्सा, नगरिकता विहिन, भुमिहिन, व्यापारी लगायतका जनसमुदायको सहभागितामा भब्य र्‍याली प्रदर्शन सम्पन्न भएको प्रचारप्रसार संयोजक जोया शेषले जानकारी दिइन ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार शेषलाई चुनाव चिन्ह डोजर प्रदान गरेको छ । आफ्नो चुनाव चिन्ह डोजरको प्रचारप्रसार गर्दै उनले र्‍यालीमा डोजर नै प्रयोग गरेका थिए । उम्मेदवार शेष र साईले डोजरमा चडेर जनता समक्ष सम्बोधन गर्दै नगर परिक्रमा गरेका हुन ।

र्‍याली पदर्शन गर्दै राझाँ चोक पुगेको भिडमा प्रहरी प्रशासनले झण्डा निकाल्न खोजे पछि उनीहरु माथि नै हावी भएको थियो । सिमित प्रहरी प्रशासनको जनशक्तिले झण्डा झिक्न थाले पछि उम्मेदवार शेषका समर्थक आन्दोलनमै उत्रिन तयार भएका थिए । भिडले प्रहरी प्रशासन विरुद्ध चर्को नारावाजी गर्न थाले पछि झण्डा फिर्ता गरिएको थियो ।

यस अघि पनि उनले भव्य र्‍याली प्रदर्शन गरेका थिए । जसमा उनले करिब १० हजारको संख्यामा समर्थनमा र्‍याली प्रदर्शन गरेको बताएका थिए 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार