मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

सभापति खानले गरे केएल दुगड सहित आधा दर्जन उधोगको अनुगमन

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

बाँके । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बाँकेको पिपरहा स्थित रहेको के एल दुगड उधोग अन्तर्गत रहेको फुड प्रोडक्ट प्रालि सहित आधा दर्जन उधोगको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । 

सभापति खानले आइतबार उद्योगको प्लान्ट तथा खानी क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको हो । के एल दुगड उद्योगका प्राबिधिक म्यानेजर प्रेमकुमार शर्माले सभापति खानलाई प्लान्ट तथा खानी क्षेत्रको स्थलगत जानकारी गराएका गराउनु भएको थियो ।

अनुगमनका क्रममा सभापति खानले औषधि उधोग पानस र अम्बे स्टिल उद्योगको खानी विभागमा कार्यरत कर्मचारीहरूलाई भेट गर्नु भएको थियो । कर्मचारीहरूले सभापति खान समक्ष आ–आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए। अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीको भावना बुझ्ने र गुणस्तर खाध बस्तुको अवस्थाका बारेमा जानकारी लिने रहेको बताउँदै सभापति खानले यथाशीघ्र सबै समस्याको समाधानका लागि आफू अग्रसर रहने बताउनु भयो ।

अनुगमनका क्रममा के एल दुगडले उत्पादन गरेको चुराको २० केजिको बोरामा १८/ १९ केजि र अरुवा चामलको ५० केजिको बोरामा २ सय ग्राम तौलको कम राखेर बिक्री गर्दे आएको पाए पछि तौल संगै गुणस्तरमा सुधार गर्न सभापति खानले निर्देशन दिँदै मजदुरको सुरक्षामा गम्भीर बन्न निर्देशन दिनु भयो ।

सभापति खानले तौलमा घोटाला गर्ने र कमशल सामग्रीको प्रयोग गर्ने उधोगलाई कारवाहीको दायरामा ल्याउने बताउनु भयो । 

सभापति खानले सहज उपाय निकालेर देखिएको सबै समस्या समाधान गर्ने बताउँदै उद्योगलाई सबल बनाउन सबै तहका कर्मचारीहरू एकजुट हुनुपर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार