मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

प्रहरी नायब निरीक्षक थापाको हृदयघात भएर निधन

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२१ भाद्र २०८२, शनिबार

बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) धनबहादुर थापाको ड्युटीमै रहेको बेला हृदयघात भएर निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रहनुभएका प्रहरी नायब निरीक्षक थापाको नेपालगन्ज कान्ति ताल क्षेत्रमा ड्युटी गर्नेक्रममा शनिबार हृदयघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले शनिबार बिहान कान्ति तालमा ड्युटीमा गएको बेला प्रहरी नायब निरीक्षक थापा हृदयघात भएर ढल्नुभएको थियो । उहाँलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेको बताउनुभयो । 

उहाँले मिलनसार र सङ्गठनप्रति कर्तव्यनिष्ठ प्रहरी नायब निरीक्षक थापा रोल्पाको स्थायीवासी रहेको बताउनुभयो । मृतक थापाकी छोरी विदेशमा रहेको हुँदा उहाँ स्वदेश फर्केपछि मात्र थापाको अन्तिम संस्कार गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार