मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

भेरी अस्पतालको मेडिकल स्टोरमा कार्यरत ४ जनाको निस्सासिएर मृत्यु

महमूद आलम खान 1133+ समाचार ( )
संगै कोठामा बसेका अन्य तीन जना अचेत अवस्थामा रहेका छन्
१४ पौष २०७८, बुधवार

बाँके । भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला बाँके । भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

एउटै कोठामा बसेका उनीहरुले चिसोबाट जोगिनका लागि कोठामा आगो बालेका थिए सोही आगोको धुवाँले निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

घटानाको बारेमा जानकारी पाउने बित्तिकै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री र एसपी श्याम कृष्ण अधिकारी घटनास्थलमा पुग्नु भएको छ । घटना बारे अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।

विहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । संगै कोठामा बसेका अन्य तीन जना अचेत अवस्थामा रहेका छन् । उनीहरुको भेरीमै उपचार भइरहेको छ । भट्टराईकी श्रीमती, ३ बर्षीय छोरा र बहिनीको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार