मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

डुडुवामा सार्वजनिक सम्पत्ति सुरक्षाका लागि स्थानीय युवा खटे, पालिकामा रक्सी बरामद

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

बाँके । आन्दोलनको बहानामा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्ने क्रम बढे पछि बाँकेको डुडुवा गाउँपालिका बनकट्टीका युवा तथा स्थानीय नागरिकहरूले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सार्वजनिक र निजी सम्पत्तिको सुरक्षा आफुहरुले गर्ने बताएका छन्  ।  

डुडुवा गाउँपालिका कै कर्मचारी भे १० प ७५९० नम्बरको स्कुटीमा आएर डुडुवा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष जलाएर लेखा शाखाको ताला खोलेर जलाउन नपाउदै युवाहरु होहल्ला गर्दै पालिका पुग्न लागेको थाहा पाए पछि स्कुटी स्टार्ट गरेर फरार भएको पालिकाको सुरक्षाको लागि खटिएका पालिकाका प्रहरीहरुले बताए ।

उनीहरुले भने "दैनिक पालिका आउने र यहिको कर्मचारी भएकोले ढोका खोलेको थिएँ, मलाई थाहा थिएन कि यहाँका कर्मचारीले पालिका भित्र पसेर आगजनी गर्नु हुन्छ भनेर । " पालिकामा भएको भ्रष्टाचारलाई लुकाउनका लागि कार्यालयको महत्वपूर्ण कागजातहरु जेनजीको नाम दिएर कर्मचारीले जलाउन सक्ने अवस्था सृजना भए पछि डुुडुवाका रियाजुद्दीन खानको नेतृत्वमा स्थानीय बासिन्दाहरू सार्वजनिक सम्पत्ति जोगाउन सुरक्षाका लागि खटेका छन् ।

सार्वजनिक सम्पत्ति जोगाउने जिम्मेवारी अब नागरिक आफैँले लिनुपर्ने अवस्था आएको बताउदै स्थानीय सुर्यलाल यादवले सरकारी सम्पत्तिलाई जोगाउनु हामी सबैको दायित्व हो त्यहि भएर अब हामी आफै सुरक्षा दिने छौ । 

पालिकामा बुधबार राति ८ बजे तिर आगजनी भएको थियो उक्त आगजनीले के कति क्षति भएको छ सो हेर्ने क्रममा महँगो लाखौं मुल्य बराबरको रक्सी समेत भेटिएको युवाहरुले बताएका छन् । सुरक्षाकर्मीहरुको रोहबरमा वरामद गरिएको रक्सी प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने एक ट्राली बियरको बोतल समेत कार्यालयको माथिल्लो तलामा भेटिएको छ । रक्सी के कति कारणले राखिएको हो सोको बारेमा प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । डुडुवा गाउँपालिकामा लाखौं रक्सी बरामद भिडियो

स्थानीय युवाहरुले पालिकाको कार्यालय र प्रहरी चौकीको दुरी २ सय मिटर रहे पनि पालिकामा गैरकानुनी क्रियाकलाप हुदा समेत नियन्त्रणमा लिन नसक्नु प्रहरीको कमजोरी रहेको औल्याएका छन् । पालिकाको सुरक्षा गर्ने युवाहरुको भनाई भिडियो

देशभर अर्बौँको सार्वजनिक सम्पत्ति नष्ट भएको खबरले चिन्तित बनेका ग्रामिणक्षेत्रका बासिन्दाहरूले आफ्नो गाउँ ठाउँको सार्वजनिक सम्पत्ति सुरक्षाका लागि खट्ने स्थानीय बिजय यादवले बताउनु भयो । । 

उहाँले आन्दोलनको समयमा अराजक समूहको घुसपैठ हुने हुँदा यसतर्फ नागरिक सचेतना र सक्रियताको आवश्यकता झन् बढेको जिकिर गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार