मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

मंसिर १ गते राति १२ बजेपछि प्रचार प्रसार गर्न नपाइने

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आयोगले आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरूलाई पुनः सचेत गराएको हो ।
२९ कार्तिक २०७९, मङ्गलबार

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनको ४८ घण्टा अघिबाट कुनैपनि किसिमका चुनावी प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले ४८ घण्टा अघि अर्थात् मंसिर १ गते राति १२ बजेपछि कुनैपनि उम्मेदवार र राजनीतिक पार्टीहरूले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको हो ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आयोगले आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरूलाई पुनः सचेत गराएको हो ।

अघिल्ला निर्वाचनहरूमा आयोगले मौन अवधि तोक्ने गरेपनि यसपटक मौन अवधि नरहेकाले सो अवधिको समयलाई स्थिर समयको रुपमा प्रयोगमा ल्याएको आयोगको भनाइ छ ।

‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनैपनि कार्यक्रमहरू गर्न पाइँदैन। सम्पूर्ण कार्यक्रम निषेध गर्दछ,’ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाइ छ । उनले विगतमा मौन अवधि समेत भन्ने गरिएपनि त्यसको सट्टा शून्य समय भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टाको समय भनेको स्थिर समय भनेर सम्बोधन गर्न उचित हुने बताए ।

‘मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध हुन्छ । त्यो समयमा कुनैपनि प्रकारको प्रचारप्रसार वा यसलाई मत देऊ, यसलाई नदेऊ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देऊ, नदेऊ भन्न पाइँदैन,’ आयुक्त भण्डारीले भने, ‘यदि कसैले प्रचारप्रसार ग¥यो भने यो निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय हुन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै