मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नेपालगंज उद्योग वाणिज्य संघको निर्वाचन
संघको कोषाध्यक्षमा मख्खन बहादुर धामीको उम्मेदवारी

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२५ श्रावण २०८०, बिहीबार

बाँके । नेपालगञ्ज उद्योग बाणिज्य संघको कोषाध्यक्ष पदमा युवा व्यवसायी मख्खन बहादुर धामीले उम्मेदवारी दिएका छन् ।

मख्खन बहादुर धामी नेपालगञ्जका सफल युवा व्यवसायी हुन् । धामीले विगत २० बर्षदेखि साविकको मध्य र सुदूरपश्चिममा खाद्यान्न पुर्याउँदै आएका छन् । खाद्यान्नको थोक विक्रेता मख्खन नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको निकिता इन्टरप्राइजेजका सञ्चालक हुन् ।

मख्खन बहादुर धामी यही भदौ २ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार छन् । बुवा हंश बहादुर धामी र आमा ललितरा धामीको कोखबाट वि.सं. २०३९ साल भदौ ११ गते जन्मिएका मख्खन प्रष्ट वक्ता समेत हुन् । हक्की स्वभावका उनी आफ्नो जिम्मेवारी र बाचालाई पूरा गर्न सक्ने क्षमताका युवा व्यवसायी हुन् । नेपालगञ्ज वितरक संघका महासचिव, नेपालगञ्ज खाद्य तथा किराना व्यवसायी संघ, लायन्स क्लव अफ नेपालगञ्जका अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका कार्यसमिति सदस्य, अछामी सेवा समाजका सल्लाहकार, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, नेपालगञ्ज मुस्लिम समाजका सल्लाहकार समेत रहेका धामीको सामाजिक सेवामा क्रियाशिलतासँगै राजनीतिमा पनि उत्तिकै संलग्नता छ । महेन्द्र बहुमुखी क्याम्पसका पूर्व स्ववियु सदस्य, बर्दिया नेपालगञ्ज सम्पर्क समितिका पूर्व सभापति मख्खन रेडियो सद्भावका बोर्ड अफ डाइरेक्टर पनि हुन् ।

समाज शास्त्रमा बीए गरेका धामी विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापारबारे समेत जानकार उनले अहिलेसम्म दुवई, थाइल्याण्ड, चीन, इन्डोनेसिया लगायतका देशको भ्रमण समेत गरिसकेका छन् । आत्मविश्वास, लगनशीलताबाटै सफलता प्राप्त हुन्छ भन्ने विश्वास लिने धामी सहयोगी र मनकारी पनि छन् । तर, भनिन्छ नि, आँट र आकांक्षा हुनेहरु सीमित आकाशमा रमाउन सक्दैनन् र उनीहरुलाई धेरै पर अवसर तथा सम्भावनाको फराकिलो क्षितिज छ भन्ने पूर्वानुमान हुने गर्छ । सायद त्यस्तै आभास भएको हुनुपर्छ र त नेपालगञ्जमा उनी सफल व्यवसायीका रुपमा चिनिन्छन् ।

सबैमाझ लोकप्रिय धामी उद्योगी व्यवसायीको माया, विश्वास र सद्भाव बटुल्दै नेपालगञ्ज उद्योग बाणिज्य संघको आगामी कार्यसमितिमा कोषाध्यक्ष बन्ने बाटोमा अग्रसर छन् । उनी ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलबाट कोषाध्यक्ष पदमा उम्मेदवार छन् । कोषाध्यक्षमा निर्वाचित हुने आत्मविश्वास बोकेका मख्खन बहादुर धामी व्यवसायिक हकहित र सुरक्षाका लागि आफू खरो उत्रिने बताउँछन् । सच्चा, इमान्दार र कर्तब्यनिष्ठ व्यवसायिक नेता बनेर सेवा गर्ने उनको अठोट छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार