मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाँकेमा सौहार्दपूर्ण तरिकाले मोहर्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
मोहर्रम पर्व सौहार्दपूर्ण तरिकाले सम्पन्न गराउन भुमिका निर्वाह गर्नु हुने सुरक्षाकर्मी, स्थानीयबासी, राजनितिक दलका नेताहरु, पत्रकार र विभिन्न धर्मका अगुवाहरुलाई नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले धन्यवाद दिनु भयो ।
१३ श्रावण २०८०, शनिबार

बाँके । इस्लाम धर्मावलम्बीहरूको प्रवर्तक मोहम्मद पैगम्बरका नाती हजरत हुसैनसहितको सम्झनामा हुने मोहर्रम पर्व एवं ताजिया मेला शनिबार विधिवत रूपमा सम्पन्न भएको छ ।

घरघरमा बनाइएका ताजियाहरु नजिकको कर्बला(रण)मा पुगेर बिभिन्न परम्परागत खेल तमासा तथा ताजियालाई बिभिन्न सामग्री अर्पण गरि यो पर्व सम्पन्न भएको छ । बाँकेको नेपालगञ्जको फुल्टरक्रामा ताजिया बिसर्जन गरिएको थियो भने नरैनापुरको बिभिन्न वडाबाट आएका ताजिय नरैनापुर चोकमा राखि तलवारवाजी लगायतका खेलहरु देखाई सम्पन्न भएको थियो ।

भाकल गर्नेहरुले आफ्नै लागतमा ठूलो ताजिया बनाउने प्रचलन रहेको छ । सन् ६८० अक्टोबर १० तारिखका दिन इराकको राजधानी बगदादभन्दा सय किलोमिटर टाढा उत्तर पूर्वको करबलामा यजीदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेको सम्झनामा ताजिया बनाई मोहर्रम मनाउने परम्परा शुरु भएको हो । मुहर्रम हिजरी संवतको पहिलो महिना हो ।

मोहर्रम पर्व सौहार्दपूर्ण तरिकाले सम्पन्न गराउन भुमिका निर्वाह गर्नु हुने सुरक्षाकर्मी, स्थानीयबासी, राजनितिक दलका नेताहरु, पत्रकार र विभिन्न धर्मका अगुवाहरुलाई नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले धन्यवाद दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार