मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बालबालिकाको सर्वाङ्गीण विकासका लागि जानकीमा शिक्षक क्षमता अभिवृद्धि तालिम

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१२ जेठ २०८३, मङ्गलबार

बाँके । बालबालिकामा देखिन सक्ने अपाङ्गताको प्रारम्भिक पहिचान गरी उनीहरूको आवश्यकता अनुसार शिक्षण सिकाइ प्रभावकारी बनाउने उद्देश्यले बाँकेको जानकी गाउँपालिकाले शिक्षकहरूका लागि दुई दिने क्षमता विकास तालिम सुरु गरेको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको तालिमको उद्घाटन सामाजिक विकास समितिका संयोजक राम अचल धोबीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष खाँले प्रत्येक बालबालिकाको क्षमता, व्यवहार र अपाङ्गताको प्रकृतिलाई समयमै पहिचान गर्न सके उनीहरूका लागि उपयुक्त शैक्षिक योजना निर्माण गर्न सहज हुने बताउनुभयो । उहाँले विकासको आधार शिक्षा र शिक्षाको आधार प्रारम्भिक बाल विकास भएको उल्लेख गर्दै प्रारम्भिक बाल विकास केन्द्रमा अध्ययनरत ४८ देखि ६० महिनासम्मका बालबालिकाको सर्वाङ्गीण विकास सुनिश्चित गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

“बालबालिकाको अवस्था समयमै पहिचान गरी आवश्यक उपचारात्मक र शैक्षिक रणनीति अपनाउन सकिए भविष्यमा उनीहरूको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन आउँछ,” अध्यक्ष खाँले भन्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले बालबालिकाको प्रारम्भिक अवस्थामै अपाङ्गताको पहिचान गर्न सक्दा उनीहरूको शिक्षामा पहुँच र गुणस्तर दुवैमा सुधार आउने बताउनुभयो ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भण्डारी का अनुसार सामुदायिक तथा धार्मिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ३ सम्म अध्यापन गराउने ४२ जना शिक्षक सहभागी रहेको उक्त तालिमले समावेशी शिक्षालाई थप प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

तालिममा सिद्धार्थ सामाजिक विकास केन्द्रका शिक्षा अधिकृत गणेश भुजेल ले सहजीकरण गरिरहनुभएको छ । सहायक शिक्षा अधिकृत झुमी ओली ले तालिम बालबालिकाको व्यवहार, सिकाइ क्षमता र विकास अवस्थाको सूक्ष्म अध्ययनमा केन्द्रित रहेको जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राम प्यारी यादव, योजना शाखा प्रमुख शोभा पौडेल, सूचना प्रविधि अधिकृत विकास जिसी, प्रशासन शाखा प्रमुख गोपी चौलागाईं लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार