मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

अध्यक्ष पदमा चुनाव हारेको खण्डमा एमाले त्याग्ने रावलको संकेत

महमूद आलम खान 1133+ समाचार ( )
निर्वाचनका क्रममा आचारसंहिताविपरीत समूहगत सूची बाँडिएको र त्यस्ता कार्य नगर्न आग्रह गर्नेहरुप्रति हातपात भएको विषयमा पनि रावलले आपत्ति जनाएका छन्।
१४ मंगशिर २०७८, मङ्गलबार

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले अध्यक्ष पदमा हारेको खण्डमा पार्टी छोड्ने संकेत गरेका छन् । उनले अध्यक्षमा हारे केन्द्रीय सदस्यमा पनि नरहने भन्दै यस्तो संकेत गरेका छन् ।

पार्टीको महाधिवेशन अन्तर्गतको मतदानपछि संचारकर्मीसँग कुरा गर्दै रावलले आफूले अध्यक्षबाहेकका पदमा उम्मेदवारी नदिएको भन्दै केन्द्रीय सदस्य अस्विकार गरेका छन् ।

आयोगका पदाधिकारीलाई अध्यक्षका लागि मात्र आफ्नो उम्मेदवारी रहेको जानकारी गराए पनि आफ्नो नाम सदस्यमा पनि रहेको भन्दै उनले विजयी भए अध्यक्षका रुपमा मात्र शपथ लिने बताए।

आठौं महाधिवेशनमा पनि यही विषयमा विवाद भएको स्मरण गर्दै रावलले भने, ‘मैले जुन पदमा उम्मेदवारी दिएको छैन त्यसमा कसरी शपथ लिन्छु! अहिले पनि मैले त्यसमा उम्मेदवारी दिएको छैन। अध्यक्ष पदमा विजय भए शपथ लिन्छु, अन्य पदमा मैले उम्मेदवारी दिएको छैन।’

निर्वाचनका क्रममा आचारसंहिताविपरीत समूहगत सूची बाँडिएको र त्यस्ता कार्य नगर्न आग्रह गर्नेहरुप्रति हातपात भएको विषयमा पनि रावलले आपत्ति जनाएका छन्। स्रोत हिमाल पोष्ट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार