मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

गैरइजरायली नागरिकलाई परिस्थिति मिलेपछि रिहा गरिने हमासको सैन्य विङको भनाई

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

एजेन्सी । अघिल्लो शनिबार इजरालयमाथि आक्रमण गरेको गाजाको मुस्लिम अतिवादी समूह हमासले बन्धक बनाइएकी एक जना महिलाको भिडिओ सार्वजनिक गरेको छ।

द न्युयोर्क टाइम्सका अनुसार सोमबार हमासले बन्धक बनाइएकी २१ वर्षीया मिया स्केमको भिडिओ सार्वजनिक गरेको हो।

भिडिओमा मिआको कुहिनोमा लागेको चोटको एक स्वास्थ्यकर्मीले उपचार गरिरहेको देखिन्छ। तर ती स्वास्थ्यकर्मीको अनुहार भिडिओमा देखिँदैन।

मिआ गत साता एक सांगीतिक कार्यक्रममा हमासले गरेको आक्रमणमा परेकी थिइन्। आक्रमणको दिनदेखि बेपत्ता भएकी उनलाई हमासले बन्धक बनाएर लगेको भिडिओ सार्वजनिक भएसँगै खुलेको हो।

एक मिनेट लामो भिडिओमा उनले आफू गाजामा रहेको र घर फर्कन आतुर रहेको बताएकी छन् । उनका परिवारले पनि भिडिओ हेरेका छन्

‘म यति मात्र भन्छु कि जति हुन्छ छिटो म परिवार, आमाबुवा र भाइबहिनी भेट्न चाहन्छु। प्लिज, जति सकिन्छ चाँडो हामीलाई यहाँबाट निकाल्नुहोस।’

अघिल्लो शनिबार जमिन, आकाश र समुद्रबाट इजरायलमाथि अचानक आक्रमण गरेका हमासका लडाकुले झन्डै २ सय मानिसलाई बन्धक बनाएर लगेको अनुमान छ।

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल गएका कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको आशंका गरिएको छ।

आक्रमणको दिनदेखि बेपत्ता रहेका विपिन इजरायलमा खोज्दा नभेटिएपछि सरकारले हमासले बन्धक बनाएको ठहर गर्दै उनको रिहाइका लागि पहल गरिरहेको जनाएको छ।

यसैबीच हमासको सैन्य विङले बन्धक बनाइएका गैरइजरायली नागरिक आफ्ना लागि पाहुनाजस्ता भएको बताएको छ।

समाचार संस्था रोयटर्सले ती विदेशी नागरिकहरूलाई परिस्थिति मिलेपछि रिहा गरिने पनि सैन्य विङले उल्लेख गरेको छ।

हमासले गरेको आक्रमणमा इजरायलमा १३ सय जनाको मृत्यु भएको छ भने जवाफमा इजरायलले गाजामाथि गरेको कारबाहीमा हमासका लडाकुसहित २८ सय जना मानिस मारिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार