मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

दुर्गा प्रसाईं फेरि पक्राउ, निर्वाचन विथोल्ने गतिविधि गरेको आरोप

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
४ फाल्गुन २०८२, सोमबार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिएका छन्।

प्रसाईंलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। त्यसबेला निर्वाचनसम्बन्धी उनको अभिव्यक्तिलाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो।

फागुन २१ गते हुने निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक–पटक नियन्त्रणमा लिँदै आएको छ।

यसअघि माघ ५ गते पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार