मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

सुन प्रकरण : राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको छ ।
८ श्रावण २०८०, सोमबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको छ ।

‘अनुसन्धानमा सहयोग गरिदिन आग्रह’ गरेर विभागले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभागले एक क्वीन्टल सुन बरामद गरेपछि त्यसबारे बुझ्न आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल भन्सार कार्यालय पुगेका थिए ।

त्यसक्रममा उनले राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी लगायतसँग छलफल गरेका थिए । त्यसपछि विभागले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेर सहयोग मागेको स्रोतको भनाइ छ ।

मंगलबार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत आएको कम्तिमा १०० किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन भन्सार जाँच पार गरेर विमानस्थलबाट बाहिरिएको थियो । यस प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्न विभागले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको विशेष ब्यूरोको सहयोग लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार