एजेन्सी । नेपाल सरकारका खाने पानी मन्त्री अब्दुल खान र अमेरिकाका लागि नेपाली राजदूत प्रा.डा. श्रीधर खत्री बिच साक्षत्कार भेट भएको छ ।
आइतबार अमेरिकाको वासिङ्गटनमा नेपाली राजदुतावासमा भएको भेटमा अमेरिकामा काम गर्ने नेपाली कामदारको सुरक्षाका विषयमा छलफल भएको थियो । मन्त्री खानले अमेरिकामा काम गर्न जाने नेपालीहरुको समस्या र उनीहरुको सुरक्षाका लागि गम्भीर भएर लाग्न आग्रह गर्नु भएको थियो ।
राजदूत खत्रीले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नु भएको थियो ।
मन्त्री खान संयुक्त राष्ट्र संघमा आयोजित "Water for peace" कार्यक्रमलाई सम्बोधन गर्न जानु भएको थियो सोही क्रममा नेपाली राजदूत खत्री लगायत संग भेट गरि नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिनु भएको थियो ।