मुख्य समाचार
नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी | राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द | बहुपक्षीय सहकार्यबाट बाँकेमा बाल कुपोषण न्यूनीकरण अभियान प्रभावकारी |
मुख्य समाचार
नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी | राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द | बहुपक्षीय सहकार्यबाट बाँकेमा बाल कुपोषण न्यूनीकरण अभियान प्रभावकारी |


पिएसबीले जनताको पक्षमा काम गर्नुपर्छ : मन्त्री गुरुङ

यूथ टुडे समाचारदाता 3501+ समाचार ( )
३ माघ २०८१, बिहीबार

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालले सञ्चालन गरेको पूर्वारम्भ (प्रि–लञ्चिङ) कार्यक्रमले जनतालाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्ने मुख्य सुझाव दिएको छ । 

माघ १ गते देखि ३ दिनसम्म चलेको पूर्वारम्भ कार्यक्रमको अवसरमा आयोजित समूहगत छलफलमा विभिन्न क्षेत्रका विज्ञहरुले जनताको विश्वास जित्ने गरी सार्वजनिक सेवा प्रसारणले भूमिका खेल्न सके मात्र यसको औचित्य सावित हुने बताउनुभयो । 

यसैबीच तीन दिनसम्म चलेको पूर्वारम्भ कार्यक्रमको आज समापन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई प्रत्याभूत गर्ने गरी सार्वजनिक सेवा प्रसारण पिएसबीले काम गर्नुपर्ने बताउनुभएको छ ।  

रेडियो नेपालको प्राङ्गणमा आयोजित समापन समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चार मन्त्री गुरुङले सरकारको कुनै ताबेदारी नगरी पिएसबीले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो । 

देशमा सामाजिक सद्भाव र साँस्कृतिक सहअस्तित्व प्रवर्द्धन गर्ने गरी पिएसबीले काम गर्नुपर्ने भन्नुहुँदै सञ्चार मन्त्री गुरुङले राज्यका कमी–कमजोरीहरू औँल्याइ जनचाहाना अनुसार काम गर्न पिएसविलाई स्वायत्त बनाउँदै जाने पनि उल्लेख गर्नुभयो ।

सञ्चार मन्त्री गुरुङले पिएसबी कार्यान्वयनका लागि आवश्यक नियमावली तथा अन्य नीति निर्धारणमा सरकार र मन्त्रालयका तर्फबाट नीतिगत निर्देशन बाहेक अन्य हस्तक्षेप नहुने प्रतिबद्धता जनाउनुहुँदै पिएसबीलाई नमूना प्रसारण संस्थाको रुपमा विकास गर्न सबै पक्षको साथ र सहयोगका लागि आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले जनताको पक्षमा काम गरी विश्वसनीय प्रसारणको रुपमा स्थापित हुन सके मात्र पिएसबी स्थापनाले सार्थकता पाउने बताउनुभयो । 

वरिष्ठ अधिवक्ता अधिकारीले नागरिकको चेतना अभिवृद्धि गरी मुलुकको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणमा रेडियो नेपाल र नेपाल टेलिभिजनको विगतको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै दुई संस्था एकिकृत भएर बनेको पिएसबीलाई स्वतन्त्र र विश्वसनीय बनाउन सके लोकतान्त्रिक शासन व्यवस्थालाई थप बलियो बनाउन समेत मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

यस्तै, कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारणलाई प्रभावकारी बनाउन क्षमता विकास, प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । 

सञ्चार सचिव अर्यालले महत्त्वपूर्ण इतिहास बोकेका दुई प्रसारण संस्थालाई एकीकृत गरी पिएसबीको नयाँ स्वरूपमा रूपान्तरण हुँदा आउने चुनौतीहरूको सामना गर्न मन्त्रालय सधैँ साथमा रहने समेत उल्लेख गर्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले पिएसबीले आफ्नो प्रसारणलाई मौलिक, विश्वसनीय र निष्पक्ष बनाई आम जनताका सवालहरूलाई थप महत्वका साथ उठाउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै, कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले पिएसबी कार्यान्वयनमा आएसँगै जनचाहाना अनुरुप प्रसारणमा नयाँ पन दिनका लागि निरन्तर प्रयास भइरहेको उल्लेख गर्नुहुँदै विभिन्न निकायबाट प्राप्त सुझावका आधारमा क्रमशः सुधार गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । 

सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पिएसबीले राज्य र नागरिक बीचको पुलको रुपमा काम गर्ने बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारणको पूर्वारम्भका लागि माघ १ गतेदेखि ३ दिनसम्म विभिन्न विषयमा समूहगत छलफल प्यानल डिस्कसनसहितका कार्यक्रमहरू आयोजना गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार