मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार ( नामावली सहित)

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
३१ असार २०८१, सोमबार

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको सपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । 

प्रधानमन्त्री ओली संविधानको धारा ७६ को उपधारा २ बमोजिम नेपाली कांग्रेसको समर्थनमा चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो । 

समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई शपथग्रहण गराउनुभयो । 

यसैगरी, राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पनि सोही समारोहमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । 

राष्ट्रपति पौडेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पृथ्वी सुब्बा गुरुङ, गृह मन्त्रीमा रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शरदसिंह भण्डारी, परराष्ट्र मन्त्रीमा डा. आरजु राणा, खानेपानी मन्त्रीमा प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीलाई सपथ ग्रहण गराउनुभयो । 

राष्ट्रपति पौडेलले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नबल किशोर शाह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा देवेन्द्र दाहाल, युवा तथा खेलकुद मन्त्रीमा तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा प्रदीप पौडेल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा अजय कुमार चौरासीया, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा बद्री प्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा रामनाथ अधिकारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा, विद्या भट्टराई रक्षा मन्त्रीमा मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा दिपक खड्का, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राजकुमार गुप्ता, वन तथा वातावरण मन्त्रीमा ऐन बहादुर शाही ठकुरीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरू,संवैधानिक निकायका प्रमुखहरू, कूटनीतिक निकायका प्रतिनिधिहरू र सांसदहरु तथा सर्वसाधारणको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार