मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |
मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |


महिला अधिकारकर्मी मोहना अन्सारी : अन्तरिम सरकारसँग भ्रष्टाचार छानबिन गर्ने क्षमता छ

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
११ अशोज २०८२, शनिबार

काठमाडौं । नेपाल मानवअधिकार आयोगकी पूर्वसदस्य तथा महिला अधिकारकर्मी मोहना अन्सारीले “जेन जेड” पुस्ताले हाल गठन भएको अन्तरिम सरकारप्रति विश्वास व्यक्त गरेको र यसले राजनीतिक नेताहरू संलग्न रहेका भ्रष्टाचारका मुद्दाहरूमा छानबिन गर्ने अपेक्षा राखेको बताएकी छन्।

अन्सारीका अनुसार, १२ सेप्टेम्बरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई युवा पुस्ताले स्वागत गरे पनि राजनीतिक दलहरू भने “चुनिएका सांसदबिना बनेको सरकार” भन्दै आश्चर्यचकित र असन्तुष्ट छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि संविधानमा दिएको अधिकार प्रयोग गर्दै संसद् विघटन गरी संसदबाहिरकै व्यक्तिहरूलाई समेटेर अन्तरिम सरकार नियुक्त गरेका थिए।

युवाहरूको आन्दोलन र सरकारको पतन

भ्रष्टाचार छानबिन तथा तत्कालीन सरकारको राजीनामाको मागसहित ८ सेप्टेम्बरमा युवाहरूले देशव्यापी आन्दोलन चर्काएका थिए। सामाजिक सञ्जालका केही पृष्ठ बन्द गरेपछि भएको आन्दोलनमा ठूलो संख्यामा युवा सहभागी भए, जसमा कैयौं घाइते भए र केहीले ज्यान पनि गुमाए। आन्दोलनले ९ सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो।

“छानबिन गर्ने संयन्त्र छ तर राजनीतिक हस्तक्षेप पनि”

अन्सारीले नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संस्थागत संयन्त्रहरू भएकाले भ्रष्टाचार छानबिन सम्भव रहेको उल्लेख गर्दै भनिन्—

“हाम्रोसँग कानून र कर्मचारी पर्याप्त छन्, तर समस्या के छ भने यी संयन्त्रहरू पूर्व नौकरशाहहरूले चलाउँछन्, जसको राजनीतिक दलसँग निकटता छ।”

चुनाव नै पहिलो प्राथमिकता

उनका अनुसार अन्तरिम सरकारको पहिलो जिम्मेवारी २०२६ मार्चमा हुने आमनिर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्नु हो। प्रधानमन्त्री सुशीला कार्कीले “आफ्नो कार्यकाल सकिएपछि एक दिन पनि पदमा बस्ने इच्छा नराख्ने” भन्दै दिएको आश्वासनलाई अन्सारीले सकारात्मक रुपमा लिएकी छन्।

भू-राजनीतिक सन्तुलन

अन्सारीले नेपालले भारत र चीनजस्ता छिमेकी शक्तिशाली मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै भनि-“भारत र चीन दुवै नेपालको आन्तरिक मामिलामा चासु राख्छन्। अमेरिकाले पनि ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC)’ मार्फत ठूला परियोजनामा लगानी गरिरहेको छ। त्यसैले काठमाडौंले अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन राख्नैपर्छ।”

मुस्लिम समुदायको भूमिका

अन्सारीले नेपालका मुस्लिमहरूले प्रत्येक राजनीतिक परिवर्तनमा सक्रिय भूमिका खेलेको स्मरण गराउँदै पछिल्लो परिवर्तनमा समेत उनीहरूको योगदान रहेको बताइन्। तर उनले विगतमा परिवर्तनपछि राजनीतिक प्रतिनिधित्वमा मुस्लिमहरूलाई बेवास्ता गरिएकोमा असन्तोष प्रकट गरिन्।

राजतन्त्रको माग गर्ने शक्तिहरू

अन्सारीका अनुसार राजतन्त्र फर्काउन चाहने शक्तिहरू अहिले पनि दर्ता भएका दलमार्फत सक्रिय छन्। तर “फेरि राजतन्त्र ल्याउन सजिलो छैन, किनभने यसका लागि जनतालाई विश्वस्त पार्नुपर्छ” भन्ने उनको तर्क छ।

“जेन जेड” को सम्भावना

अन्तमा उनले जेन जेड आन्दोलनको सम्भावनाबारे उल्लेख गर्दै भनिन्—“यदि उनीहरूले साँच्चिकै राजनीति प्रवेश गर्न चाहन्छन् भने आफ्नै पार्टी बनाउन वा विद्यमान पार्टीहरूसँग जोडिनुपर्छ। त्यतैबाट मात्र सुधारका काममा योगदान दिन सकिन्छ।” साभारः अल- जजिरा 

https://www.aljazeera.net/politics/2025/9/27/%D9%86%D8%A7%D8%B4%D8%B7%D8%A9-%D9%86%D9%8A%D8%A8%D8%A7%D9%84%D9%8A%D8%A9-%D9%84%D9%84%D8%AC%D8%B2%D9%8A%D8%B1%D8%A9-%D9%86%D8%AA-%D9%84%D8%AF%D9%89-%D8%A7%D9%84%D8%AD%D9%83%D9%88%D9%85%D8%A9?fbclid=IwZXh0bgNhZW0CMTEAAR7XlerYaeycd0qWrawp_X9oCSLEY5-gFzRgypPezfUAFZfwVSEbCnZmvndN9A_aem_Eu_CdeQ53e0GhB13tUT4sg

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार