मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

जिप दुर्घटनामा ११ जना घाइते

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
१९ भाद्र २०८१, बुधवार

अछाम । विद्यार्थीको जिल्ला सम्मेलनका लागि अछाम सदरमुकाम मङ्गलसेन जाँदै गरेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्ड अन्तर्गत साँफेबगर नगरपालिका-८ मटेनामा जिप दुर्घटना परेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । 

जिल्ला डडेलधुरा नवदुर्गा गा.पा.४ बस्ने वर्ष अं. ४२ को लक्ष्मण साउँदले चलाएको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जिप अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा ११ जना सवारमध्ये ८ जना घाइते भएका छन् । 

घाइतेहरूलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा अछाम पठाइएको छ भने चालक प्रहरीको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घाइते हुनेमा चौरपाटी-१ का १९ वर्षीया कल्पना थापा, देवकी थापा १८ वर्षीया लक्ष्मी साउँद, साँफेबगर-४ का १७ वर्षीया पूजा सुनार छन् ।  

यस्तै, चौरपाटी-२ का २९ वर्षीय लोकेन्द्र बहादुर साउँद, १८ वर्षीय तुल्सी साउँद, १८ वर्षीय प्रेम साउँद, १८ वर्षीय प्रीति साउँद छन् । घाइतेहरूको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ । 

चौरपाटी गाउँपालिकाबाट सुप प्र ०१००१ ज १२३८ नम्बरको तीव्र गतिमा रहेको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी हुन चौरपाटी गाउँपालिकाका विद्यार्थीलाई लिएर जाँदै थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार