मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

प्रमुख प्रशासकीय अधिकृतको कानुन विपरीत भएको सरुवा भन्दै कर्मचारीहरु आन्दोलित

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
स्थानीय नागरिक र कर्मचारीहरु नै आन्दोलनमा होमिएकोले वलीलाई हाजिर गराउन नसक्ने अध्यक्ष शाहको भनाई
११ मंगशिर २०८१, मङ्गलबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।

गाँउपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजु कुमार गुप्ता संग फोनका कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरीको सरुवा रोक्न अनुरोध गरेका हुन् ।

नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा (पदस्थापन) गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय कानून विपरीत भई त्रुटिपूर्ण भएको भन्दै गाँउपालिकाका अध्यक्ष शाहले उक्त निर्णय बदर गरिदिन मन्त्री गुप्ता र सचिव भरत मणि सुबेदी संग अनुरोध गर्नु भएको छ । 

नरैनापुरका अध्यक्ष शाहले भन्नुभयो,‘निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा ३ मा “‘निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतः वर्षमा एकपटक कम्तीमा दुई वर्षको लागि सरुवा गर्नु पर्दछ” भन्ने व्यवस्था रहेको छ । सोही ऐनको दफा १८ को उपदफा १२ मा यस दफा विपरीत भएको सरुवा सामान्य प्रशासन मन्त्रालयले रद्द गर्न सक्नेछ र यदि सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएको रहेछ भने नेपाल सरकार मन्त्रिपरिषद्ले रद्द गर्नेछ भन्ने व्यवस्था रहेको हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा (पदस्थापन) गर्ने निर्णय कानून विपरीत भई त्रुटिपूर्ण भएको हुँदा उक्त निर्णय बदर गरिदिनु हुन अनुरोध गर्दछु ।,’ उहाँले सामान्य प्रशासन मन्त्रालयले सरुवा रद्द नगरे गाँउपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर हुन नदिने उल्लेख गर्नु भयो । 

यता नरैनापुर गाँउपालिकाका कर्मचारीहरुले केही राजनितिक स्वार्थका कारण प्रमुख प्रशासकिय अधिकृतको सरुवा गरेको भन्दै मंगलबार गाँउपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउदै सरुवा तत्काल रोक्न माग गरेका छन् । कर्मचारीहरुले सरुवा नरोकिए आफू चरणबद्ध रुपमा आन्दोलन गर्न माध्य हुने चेतावनी दिएका छन् । 

यस्तै नरैनापुरका स्थानीयहरुले गाँउपालिका अध्यक्षको सहमति बिना मन्त्रालयले गरेको सरुवाको कडा शब्दमा निन्दा गरेका छन् । गाँउपाालिकामा भ्रष्टचार निम्तीयाउनका लागि प्रमुख प्रशासकिय अधिकृतको सरुवा गरिएको भन्दै तत्काल सरुवा रोक्न माग गरेका छन् । स्थानीयहरुले नयाँ प्रशासकिय अधिकृतलाई नरैनापुरमा प्रवेश गर्न नदिने चेतावनी समेत दिएका छन् । 

मन्त्रालयले २०८१ मंसिर ९ मा चौधरीलाई सरुवा गरी उनको ठाउँमा प्रमुख प्रशासकिय  अधिकृत नवराज वलीलाई खटाएको थियो । चौधरीको सरुवा कानून विपरीत भएको अध्यक्ष शाह बताउँदै आउनु भएको छ । अध्यक्ष शाहले स्थानीय नागरिक र कर्मचारीहरु नै आन्दोलनमा होमिएकोले वलीलाई हाजिर गराउन नसक्ने जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार