मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बर्दियाको मधुवनमा मानब बेचबिखन तथा बालविवाह विरुद्ध अन्तर–पुस्ता सम्बाद

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१५ भाद्र २०८२, आइतबार

नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ को वडा कार्यालयमा मानब बेचबिखन, लागु पदार्थ दुव्र्यसनी तथा बालविवाहविरुद्ध अन्तर–पुस्ता सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । 

क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरेको हो । 

सो कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा वडा सदस्यहरू, सशस्त्र प्रहरीका निरीक्षक, नेपाल प्रहरीका सह–निरीक्षक, विद्यालयका शिक्षक, वडा सचिव तथा कर्मचारी, सामुदायिक अगुवा, बडघर, बाल क्लबका सदस्यहरू, युवादूत तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।

सो अन्तरपुस्ता संवादले समुदायमा जागरूकता अभिवृद्धि गर्ने, सहकार्य मजबुत बनाउन तथा बालबालिकाको सुरक्षित भविष्यकालागि सामूहिक कदम चाल्न प्रेरणादायी भूमिका खेलेको कुरा सम्बादमा सहभागिहरुले बताएका थिए । साथै उनिहरुले एकता र प्रतिबद्धतासहित सबै मिलेर बाल बेचविखन जस्तो गम्भीर समस्याको अन्त्य गर्न सक्ने कुरामा पनि एकजुट रहेको प्रतिवद्धता जनाएका थिए ।  

कार्यक्रमको समापन सत्रमा बोल्दै वडा अध्यक्ष हमालले बालबिवाह र मानब बेचबिखन जस्ता बिकृतिको जड लागु पदार्थ दुव्र्यसनी भएकाले यसलाई नियन्त्रण गर्न स्थानीय तह, संघ सस्था, प्रहरी, समुदायका अगुवा सबै क्रियाशिल भएर लाग्नु पर्नेमा जोड दिनुभयो । 

उहाँले मानब बेचबिखनको जालो निकै चुनौतीपुर्ण भएकाले यसलाई नियन्त्रण गर्न एकजुट भएर यसका विरुद्ध लाग्न सबैलाई आग्रह गर्नुभयो । 

सो अन्तरपुस्ता संवाद कार्यक्रमलाई मधुवन नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन फिल्ड सुपरभाइजर साबित्रा भाटले गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार