मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगंज १९ मा उत्साहपूर्ण तरिकाले मतदान गर्दै महिलाहरु

महमूद आलम खान 1133+ समाचार ( )
स्थानीय सरकारको नयाँ नेतृत्व चुन्न शुक्रबार देशभरका मतदाता निर्वाचनमा सहभागी भएका छन् ।
३० वैशाख २०७९, शुक्रबार

बाँके । स्थानीय सरकारको नयाँ नेतृत्व चुन्न शुक्रबार देशभरका मतदाता निर्वाचनमा सहभागी भएका छन् । विहान ७ बजेदेखि सुरु भएको मतदान केही सीमित ठाउँमा अशान्तिको बाबजुद देशभर उत्साहपूर्ण रुपमा चलिरहेको छ ।

मतदान केन्द्रमा विहानै मतदाताको लामो लाइन थियो, दिउँसोदेखि मतदान केन्द्रम भीड कम हुँदै गएको छ । शीर्ष नेता र उम्मेदवार पनि प्रायले विहानै मतदान गरेका छन् । पहिलो पटक मतदान गर्ने युवा मतदातादेखि वृद्धवृद्धासमेत उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् ।

मतदान गर्नका लागि कतिपय ठाउँमा वृद्धवृद्धालाई बोकेर लगिएको छ । नेपालगंजको २० मा रहेको मतदानमा बृद्धबृद्धा र अपागंलाई मतदान गर्ने सहज वातावरण नमिलाईएको प्रति स्थानीयहरुले निर्वाचन आयोगको कार्यशैली प्रति निन्दा गरेका छन् ।

यस्तै नेपालगंज १९ नम्बरको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय कंठीपुरमा मतदान गर्न पुरुष भन्दा महिलाको संख्या बढी रहेको देखिएको थियो । टंटलापुर घाममा बसेर कर्मचारीहरुले मतदाताहरुलाई मतदान गर्ने सहज वातारण मिलाएका थिए । बिरामी र हिँडडुल गर्न नसक्नेहरु अरुको सहयोगमा पनि मतदान केन्द्र पुगेर मतदान गर्ने पाएका छन् । माओबादीका तर्फबाट वडा अध्यक्षको उम्मेदवारी दिएका शम्भु नाथ योगी, माओबादी नेतृ मिना मल्लले समेत सोही मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार