मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

पश्चिम नेपालका थारु आज अटवारी पर्व मनाउँदै, लुम्बिनीमा सार्वजनिक बिदा

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार
बाँके । तराईका भूमिपुत्र थारु समुदायमा अटवारी पर्वको रौनक छाएको छ । पश्चिम कञ्चनपुरदेखि कैलाली, बर्दिया, बाँके, सुर्खेत, दाङ, कपिलवस्तु र नवलपरासीका थारु समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गर्छन् ।
पश्चिम नेपालका थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अटवारी पर्व आज मनाइदैँ छ । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।
‘भेवाँ’ अर्थात पाँच पाण्डवमध्येको माइलो भाइ भीमको पूजा अर्चना गरेर अटवारी पर्व मनाउने चलन रहेको राप्ती सोनारी गाउँपालिका–७ का अध्यक्ष राम लखन थारुले बताउनुभयो । भीमलाई थारु समुदायका मानिसले भेवाँ भन्ने गर्दछन् । 
पर्वको पहिलो दिन आज पुरुष र महिला आधा दिनसम्म निराहार व्रत बसेका छन् । उनीहरु दिउँसोतिर विधिपूर्वक पूजाआजा गरेर मात्रै गुलियो पानीसहित अनदीको रोटी, फलफूल लगायत अन्य परिकार खाने अध्यक्ष थारुले बताउनुभयो । व्रतालुहरु व्रतको अघिल्लो राति अर्थात शनिबार राति दर खाएका छन् । जसलाई भिन्सर्या भात भनिन्छ । 
यसैगरी, व्रतालुहरुले पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहान भात र नूनतेल हालेको तरकारी खाना पाउनेछन् । सोमबार बिहानै नुहाइधुवाइ गरेर पूजाआजा गर्ने त्यसपछि भात, फूलौरी, खरिया, माछा, गेडागुडी लगायतका थारु परिवार खाने गर्छन् ।  
व्रतालुहरुले दुवै दिन खानुभन्दा अगाडि आफ्नो अग्रआसनमा छुट्याइएको परिकारमध्ये एक भाग निकालेर राख्छन् । सबै परिकार एक भाग छुट्टयाएर निकालेपछि मात्रै आफू खाने गर्दछन् । त्यसरी छुट्टयाएर निकालिएको विभिन्न परिकार विवाहित छोरीचेली वा दिदीबहिनीलाई कोसेलीको रुपमा दिने गरिन्छ । 
पत्रकार हेमन्त चौधरीका अनुसार अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ । दाङका थारू राजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारू राजा दङ्गीशरण बीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्ने बेला दाङका थारू राजा दङ्गीशरणको राज्यमा शत्रुहरूलाई आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकै पेट पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । ऐतिहासिक उत्सवलाई अहिले पछिल्लो समय भने दाजुभाइ–दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाइन्छ। ‘दिदीबहिनी, दाजुभाइ र छिमेकीको बीचमा माया, ममता, सदभाव र भातृत्व जगाउने पर्वको रुपमा अटवारीलाई लिइन्छ ।,’ 
थारू समुदायको यो पर्वका अवसरमा आज लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार