मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

सनराइज बैंकका ग्राहकले थोपा प्रयोगशालामा छुट पाउने

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
सम्झौता अनुसार सनराइज बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले थोपा प्रयोगशाला नेपालगन्जमा सम्पूर्ण प्रयोगशाला जाँचमा २० प्रतिशत छुट पाउने जनाइएको छ ।
२३ चैत्र २०७९, बिहीबार

बाँके । सनराइज बैंक लिमिटेडका ग्राहकले नेपालगन्ज स्थित थोपा प्रयोगशालामा सेवा लिएबापत तिर्नुपर्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने विषयमा बैंक र थोपा प्रयोगशालाबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार सनराइज बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले थोपा प्रयोगशाला नेपालगन्जमा सम्पूर्ण प्रयोगशाला जाँचमा २० प्रतिशत छुट पाउने जनाइएको छ ।

व्यक्तिगत र चिकित्सकको सुझावअनुसार गरिने प्रयोशाला परीक्षण सेवामा बैंकका ग्राहकलाई थोपा प्रयोगशालाले २० प्रतिशत छुट दिने यसका सञ्चालक सुलभ आचार्यले जानकारी दिनुभयो । प्रयोगशालाले बैंकमा कार्यरत कर्मचारीहरुलाई समेत विशेष छुट प्रदान गर्नेछ ।

सम्झौतामा बैंकका ब्रान्च म्यानेजर हरिहर सुवेदी र थोपा प्रयोगशालाका सञ्चालक सुलभ आचार्यले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअन्तर्गत सनराइज बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत प्रयोग गर्ने ग्राहकहरुले छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

थोपा प्रयोगशालाले अहिले विश्वकै सबैभन्दा आधुनिक टेक्नोलोजी इक्लियाबाट Thyroid Function,Tumor Marker,Fertility\ Hormone Test, Infectious Disease, Anemia Test, एलर्जीको लागि IgE परिक्षण गरिरहको जनाएको छ । “सैबजसो उपकरणहरु USFDA मान्यता प्राप्त छन्,” सञ्चालक आचार्यले भन्नुभभयो–”यी सबै उपकरणहरुको Precision बढि भएकाले रिर्पोटको एक्कुरेसी बढी रहन्छ ।”

यस्तै HbA1c टेष्टको Gold Standard Technology HPLC र अरु Haemoglobinopathy (सिकलसेल, थ्यालेसिमिया ) समेत HPLC बाट भइरहको प्रयोगशालाका इन्चार्ज आकाश मिश्रले जानकारी दिनुभयो ।

प्रयोगशालामा Biochemistry को सबै जाँचहरु Full Automation विधिबाट भइरहको मिश्रले बताउनुभयो। प्रयोगशालामा बाथरोग सम्बन्धिका जाँचहरु ( RF, CRP, Anti- CCP ) साथै PBS, Pap Smear Test, FNAC समेत भईरहको बताइएको छ । प्रयोगशाला इन्चार्ज मिश्रका अनुसार थोपामा माइक्रोबायोलोजीको कल्र्चर, एन्टिबायोटिक सेन्सिटीभीटी टेष्ट पनि गरिन्छ ।

प्रयोगशालाले नेपालगन्ज- १० स्थित गणेशमान चोकदेखि भेरी अस्पताल जाने बाटोमा रहेको थोपा भवनबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार