मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |
मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |


नेपाल पत्रकार महासंघ बाँकेको शुद्धीकरण प्रक्रिया बिवादमा

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
बाँकेमा पत्रकारहरुद्वारा आन्दोलन सुरु
७ असार २०८०, बिहीबार

बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता सुद्धिकरणको नाममा मनपरि गरेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । महासंघले थालेको शुद्धिकरण अभियानमा हाम्रो असहमति होइना न हाम्रो विमती हो शुद्धिकरणको नाममा ज्यादती र गैरजिम्मेवारीपनाको घोर विरुद्ध निर्णय सच्चाउन चेतावनी दिन भनदै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् । पत्रकारिता गरिरहेकालाई अन्य पेशा भन्दै शुद्धिकरणको नाममा सिफारिस गर्नु कतिको जायज हो यसबारे पत्रकार महासंघले छलफल गर्नुपथ्र्यो कि पदैनथ्यो पत्रकार नमस्कार शाहले भन्नुभयो । सक्रिय पत्रकारलाई समय नदिई शुद्धिकरण अनाहकमा निस्क्रिय पत्रकार भन्दै फालिनु विरुद्ध हाम्रो अभियान हो उहाँले भन्नुभयो ।

पत्रकार महासंघको विधान र मापदण्ड विपरित गरिएको शुद्धिकरण विरुद्ध घोर निन्दा रहेको उहाँले बताउनुभयो । अग्रज पत्रकार जो ५÷६ दशक पत्रकारितामा विताएका छन उनिहरुलाई पनि शुद्धिकरणको नाममा फालिनु अग्रज पत्रकारको अपमान गरिएको उहाँले जानकारी गराउदै यसबारे आपत्ति प्रकट गर्नुभयो । पार्टीको नाममा शुद्धिकरण गरिनु, यो या त्यो पार्टी भन्दै बचाउ तथा शुद्धिकरण गरिनु नै गलत भएको पत्रकार शाहले भन्नुभयो । महासंघको मापदण्ड एकरुपता नभएकोले शुद्धिकरण गर्दा मापदण्डलाई पालना गरिनुपर्ने अर्का पत्रकार विनोद पौडेलले बताउनुभयो । संगठनको नाममा भागबण्डा गरि शुद्धिकरणमा नाम छानीछानी फाल्नु र राख्नु कुन विधानमा रहेको पत्रकार पौडेलले भन्नुभयो । शिक्षक, व्यवसायी तथा अन्य कुनै पेशामा कार्यरत कसैलाई फालिनु त कसैलाई जोगाउनु कहाँको मापदण्ड पालना गरिएको हो पौडेलले भन्नुभयो ।

लामो समयदेखि पत्रिका प्रकाशित तथा अनलाइन संचालन नियमित रहेको सम्पादकलाई पनि शुद्धिकरणको नाममा पुर्वग्रही तरिकाले फालिनु आफैमा लज्जास्पद भएको पौडेलले बताउनुभयो । राजनीतिक दलका प्रतिनिधिलाई एक दलको फालिने र एक दलको जोगाउने कार्य कुन मापदण्ड भित्र पर्ने गरेको उहाँले बताउनुभयो । सक्रिय पत्रकारलाई पनि निस्क्रिय भन्दै पत्रकार महासंघको सदस्यताबाट हटाउने कार्यलाई महासंघले नसच्याए जिल्ला, प्रदेश, केन्द्रसम्म उजुरी दिने अर्का पत्रकार सकिल अहमद कादरीले भन्नुभयो ।

पत्रकार महासंघ केन्द्रले पनि सुनवाई गरेन भने अदालतसम्म पुग्ने उहाँले चेतावनी दिनुभयो । पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानमा गैरपत्रकारलाई बढावा र सक्रिय पत्रकारलाई निस्क्रिय पार्नु असोभनिय रहेको पत्रकार शम्भु प्रसाद थारुले बताउनुभयो । संगठनको नाममा दलगत कोटा भित्र पार्नु र मापदण्ड विपरित सदस्यता नविकरण नगर्नु पत्रकारमाथी अन्याय भएको उहाँले बताउनुभयो ।

धर्ना तथा विरोध प्रदर्शन कार्यक्रम साढे ३ बजेदेखि गरिएको थियो । धर्ना कार्यक्रममा रहेका पत्रकारहरुले पत्रकार महासंघ बाँके शाखाका कार्यवाहक अध्यक्ष संगिन शर्मालाई ज्ञापन पत्र समेत बुझाएको छ । कार्यवाहक अध्यक्ष शर्माले ज्ञापन पत्रलाई सुझावका रुपमा लिएको बताउनुभयो । शुद्धिकरणको विषयमा पत्रकार महासंघले केन्द्रले दिएको निर्देशन अनुसार अभियान चालेकोे बताउनुभयो ।

महासंघ केन्द्रले गरेको सर्कुलर अनुसार नै मापदण्डमा रही बाँकेमा शुद्धिकरण अभियान थालेको जानकारी गराउनुभयो । निस्क्रिय तथा अन्य पेशामा आवद्ध पत्रकारलाई महासंघको विधान अनुसार सदस्यता खारेज हुनुपर्नेलाई शुद्धिकरणमा पारिएको कार्यवाहक अध्यक्ष संगिन शर्माले बताउनुभयो । धर्ना तथा विरोध प्रर्दशन कार्यक्रममा बाँकेमा आवद्ध दुई दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार