मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

सडकदेखि स्वास्थ्यसम्मका सवाल उठाउँदै वडा १९ मा विष्टको चुनावी अभियान

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँके क्षेत्र नम्बर २ का साझा उम्मेदवार दिपेन्द्र विष्टको उपस्थितिमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ मा निर्वाचन सम्पर्क कार्यालय भव्य रूपमा उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहपछि उम्मेदवार विष्टले स्थानीयहरूसँग प्रत्यक्ष साक्षात्कार गर्दै वडामा विद्यमान समस्याहरूका बारेमा  छलफल गर्नुभएको थियो । जनताको दैनिकीसँग जोडिएका विषयहरू सडकको अवस्था, ढल व्यवस्थापन, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवाका बारेमा छलफल गर्नु भएको थियो । 

स्थानीयको गुनासो र सुझाव ध्यानपूर्वक सुन्दै विष्टले आधारभूत आवश्यकता नै आफ्नो चुनावी अभियानको मुख्य एजेन्डा भएको स्पष्ट पार्नुभयो। “जनताको आवाज नै मेरो नीति हो,” भन्दै उहाँले जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधानका लागि संसदमा मजबुत रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय बासिन्दाहरूले पनि उम्मेदवार विष्टको सरल स्वभाव, सुन्ने शैली र विकासप्रति देखाएको प्रतिबद्धताप्रति आशा व्यक्त गरेका छन्। निर्वाचन सम्पर्क कार्यालय उद्घाटनसँगै वडा १९ मा चुनावी माहोल थप सक्रिय र उत्साहपूर्ण बनेको देखिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार