मुख्य समाचार
बाँके २ मा दिपेन्द्र बिष्टका पक्षमा मजदुर शक्ति एकजुट | ‘अब काम गर्ने प्रतिनिधि चाहियो’ : डुडुवामा दिपेन्द्र बिष्टलाई गाउँलेको साथ | राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनको सम्भावनायुक्त क्षेत्र होः उम्मेदवार गौडेल | जनताको उत्साहजनक समर्थन पाएको दिपेन्द्र बिष्टको दाबी | गर्भवती महिलालाई अब गाउँमै सहज स्वास्थ्य जाँच | शहीद आयुष थापाको सपना बोकेर मैदानमा दिपेन्द्र विष्ट | जनताको कुरा सुन्न घरदैलोमा दिपेन्द्र विष्ट, वडा नं. १९ मा भरोसा जगाउँदै | एसईई नतिजा सुधारको लक्ष्यसहित जानकी गाउँपालिकामा प्रि–टेस्ट सुरु | चुनाव नजिकिँदै जाँदा बाँके–२ मा नेकपाको प्रचार अभियान चरममा | बाँके–२ मा चुनावी सरगर्मी बढ्दो, दिपेन्द्र विष्टको घरदैलो अभियान सक्रिय |

एसईई नतिजा सुधारको लक्ष्यसहित जानकी गाउँपालिकामा प्रि–टेस्ट सुरु

यूथ टुडे समाचारदाता 3151+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

बाँके । बाँकेको जानकी गाउँपालिकामा यतिबेला एसईईको तयारीले शैक्षिक माहोल तातेको छ। कक्षाकोठाभित्र विद्यार्थीहरू निरन्तर अभ्यासमा व्यस्त छन् भने शिक्षकहरू नतिजा सुधारका लागि नयाँ–नयाँ रणनीति बनाउन जुटिरहेका छन्। यही तयारीलाई थप प्रभावकारी बनाउन गाउँपालिकाको शिक्षा शाखाले सञ्चालन गरेको प्रि–टेस्ट परीक्षा विद्यार्थीको वास्तविक शैक्षिक अवस्था मापन गर्ने महत्वपूर्ण माध्यम बनेको छ।

प्रि–टेस्ट परीक्षाको अनुगमन गर्न पुगेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले परीक्षा विद्यार्थीको क्षमता पहिचान गर्ने ऐना भएको बताउनुभयो। उहाँका अनुसार, यस्तो अभ्यासले कमजोरी पहिचान गरेर समयमै सुधार गर्न सहयोग पुर्‍याउँछ।

पालिकाका वरिष्ठ लेखा अधिकृत मतिन अन्सारीले गत वर्षको एसईई नतिजा सन्तोषजनक नभएपछि यस वर्ष गुणस्तरीय शिक्षामा सुधार ल्याउन विशेष बजेट नै छुट्याएर अभियान सुरु गरिएको जानकारी दिनुभयो।

“नतिजा सुधारका लागि हामीले योजनाबद्ध रूपमा लगानी गरेका छौँ,” उहाँले भन्नुभयो, “प्रि–टेस्ट जस्ता कार्यक्रमले गुणस्तरीय शिक्षामा सकारात्मक प्रभाव पार्ने हाम्रो विश्वास छ।”

उहाँका अनुसार परम्परागत रूपमा सबै विद्यार्थीलाई एउटै तरिकाले पढाउने प्रवृत्ति रहेकाले अपेक्षित नतिजा आउन सकेको थिएन। “विद्यार्थीको क्षमता फरक–फरक हुन्छ,” उहाँले थप्नुभयो, “सबैलाई बुझ्ने गरी सिकाउन उनीहरूको स्तर पहिचान गर्न परीक्षा अपरिहार्य हुन्छ।”

सामाजिक विकास समिति संयोजक राम अचल धोबीले प्रि–टेस्टलाई सिकाइ सुधारको मार्गदर्शकको रूपमा व्याख्या गर्नुभयो। “यसले नतिजा सुधार मात्र होइन, सिकाइ प्रक्रियालाई नै व्यवस्थित बनाएको छ,” उहाँले भन्नुभयो, “विद्यार्थीलाई सही दिशामा अघि बढ्न यसले ठूलो मद्दत गरेको छ।”

शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारीका अनुसार यस वर्ष जानकी गाउँपालिकाबाट २ सय ७९ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। “उनीहरूको नतिजा सुधार गर्ने लक्ष्यसहित नै प्रि–टेस्ट सञ्चालन गरेका हौँ,” उहाँले बताउनुभयो।

सहायक शिक्षा अधिकृत झुमी कुमारी वलीले परीक्षा शिक्षाको गुणस्तर मापन गर्ने प्रमुख आधार भएको उल्लेख गर्नुभयो। “परीक्षाले पाठ्यक्रम, शिक्षण–सिकाइ विधि, शैक्षिक सामग्री र अनुगमन प्रणालीमा कहाँ सुधार आवश्यक छ भन्ने स्पष्ट देखाउँछ,” उहाँले भन्नुभयो, “यस अर्थमा परीक्षा गुणस्तरीय शिक्षाको ड्राइभर हो।”

विद्यालय तहमा पनि प्रि–टेस्टको सकारात्मक प्रभाव देखिएको छ। जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्रबहादुर रावतले भन्नुभयो, “प्रि–टेस्टपछि विद्यार्थीको स्तर स्पष्ट हुन्छ। त्यस आधारमा विशेष कक्षा, अतिरिक्त अभ्यास र परामर्शमार्फत एसईई तयारी गराउँछौँ।”

प्रि–टेस्टमा सहभागी १ सय ५५ जना विद्यार्थीमध्येका राजेन्द्र काँदुले यो अभ्यास निकै उपयोगी भएको अनुभव सुनाउनुभयो। “प्रि–टेस्ट दिँदा आफ्ना कमजोरी थाहा हुन्छ,” उहाँले भन्नुभयो, “अब कुन विषयमा बढी ध्यान दिनुपर्छ भन्ने स्पष्ट भएको छ। यसले एसईईको डर पनि कम गरेको छ।”

जानकी गाउँपालिकामा सञ्चालन भइरहेको प्रि–टेस्ट परीक्षा अहिले विद्यार्थी, शिक्षक र विद्यालय—तीनै पक्षका लागि तयारीको ऐना बनेको छ। सही पहिचान, लक्षित सुधार र निरन्तर अभ्यासमार्फत यस वर्षको एसईई नतिजा उल्लेख्य रूपमा सुधार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार