मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

गणेश नेपाली आत्मदाह प्रकरण : ३ नगर प्रहरी नियन्त्रणमा

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
२६ असार २०८३, शुक्रबार

काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणमा अनुसन्धानका लागि तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी गराएका हुन् । 

दुई जना महिला र एक जना पुरुष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढाइएको उनले बताए । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा आज निधन भएको छ । 

वीर अस्पतालमा उपचाररत उनको आज (शुक्रवार) बिहान साढे ११ बजेतिर मृत्यु भएको हो । राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 

मुगुको सोरु गाउँपालिका १ का २५ वर्षीय नेपाली मोटरसाइकलमा राइड सेयरिङ गर्थे । बिहीबार दिउँसो राहदानी विभाग अगाडि उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक गरेको थियो ।

त्यसपछि केहीबेर सुरक्षाकर्मीसँग विवाद परेको र पछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको आफन्तको दाबी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार